जन्मदिन को सुभ अवसरमा एउटा मन छुने लेख : एक नारायण पौडेल ज्यु लेख्नु हुन्छ :
सायद ८ बर्षको उमेरमा कक्षा ३ मा पढ्दै थिए । एकदिन तल्लो घरमा राधिका दिदीको बिहे थियो हामीलाई असाध्यै माया गर्ने दिदीको बिहे त्यसमाथि बालपन रमाइलो र खान पाउने लोभमा जानकारीबिना नै स्कुलमा गयल भए । भोलिपल्ट पहिलो कक्षा आदरणीय म्याडम चिजा रेग्मीको थियो उहाँ कक्षा कोठामा पस्ने बित्तिकै हाजिर गर्नु अगाडि नै एक नारायण आएको छ कि छैन भनेर सोध्नु भयो । सधै प्रथम बेन्चमा बस्ने म अलिअलि डरले तेस्रो बेन्चमा नदेखिने गरि बसेको थिए । साथीहरूको आएको जवाफसङ्गै रोल नम्बर १ – हाजिर म्याम भन्न भ्याएको थिईन |
हिजो किन स्कुल नआएको भनेर सोध्नु भयो ? मैले ठुलो बाको छोरी दिदीको बिहे थियो भन्ने बित्तिकै किन बिदाको निवेदन नपठाएको भनेर सोध्नु भयो मैले प्रतिउत्तरमा भ्याईन म्याडम भनेर भन्न भ्याएको थिईन बेन्चमा उठाएर हाजिर सकिएपछि एक्कासि चौरमा लगेर २-२ वटा इट्टा दुइतिर झुन्ड्याईदिएर चौरमा ३ चक्कर मारेसङ्गै एक नारायण आजसम्म मेरो शिक्षण पेशामा सन्तोष अधिकारी (४ कक्षा पढ्ने प्रथम बिद्यार्थी) र तँ जस्तो उत्कृष्ट र अब्बल बिद्यार्थी मैले आजसम्म पठाएको छैन तसर्थ यो सजाय होईन असल , ठूलो मान्छे बन्ने, इन्जिनियर , डाक्टर बन्ने हौसला हो भन्नु भएको थियो तर आफ्नै कमजोरी , पारिवारिक आर्थिक अभाब , खटपट , सामाजिक बाताबरण र अलि बुझ्ने हुँदै गएपछिको राजनीतिक आकर्षकले गालेर हजुरले भन्नू भए झै पेशाले ठूलो मान्छे , इन्जिनियर र डाक्टर बन्न नसके पनि कुनै बेलाको स्कुलकै प्रथम वा द्दितिय तथा कक्षाको प्रथम बिद्यार्थी आज खाडीको मरुभूमिमा असल र खुसी मान्छे बन्ने अभिलाषामा कन्डक्टर भएको छु । क्षमा गर्नुहोला म्याडम तपाईंको इच्छा त पूरा गर्न सकिन तर आज तपाईंको जन्मदिनले पुरानो स्मृति गराईदियो ।
#जन्मदिनको शुभकामना म्याडम |