पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल माइतीघर मण्डलाको सडकमा पलेँटी कसेर बसेको दृश्य शुक्रबार सबैभन्दा धेरै चर्चामा रह्यो । नेकपाको प्रचण्ड–नेपाल समूहले आयोजना गरेको प्रदर्शनमा पूर्वप्रधानमन्त्रीसहित उनीहरु पक्षका पूर्व मन्त्री, सांसद र अरु नेता कार्यकर्ताको उपस्थिति थियो ।
प्रचण्ड–नेपाल समूहले माइतीघर र निर्वाचन आयोग अघिल्तिर प्रदर्शन गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो समर्थनमा रहेका केही नेताहरुलाई मन्त्री बनाउन व्यस्त हुनुहुन्थ्यो । यसअघि राजीनामा दिएका मन्त्रीहरुको ठाउँमा उहाँले पूर्वमाओवादीलाई सन्तुष्ट बनाउने गरी नियुक्त गर्नुभएको छ ।
‘प्रचण्ड’को समूहबाट बाहिरिँदा ५ जना पूर्वमाओवादी नेताले मन्त्री पद पाएका छन् । प्रचण्ड निकट नेता टोपबहादुर रायमाझी, मणि थापा, गौरीशंकर चौधरी, प्रभु शाह र दावा तामाङले केपी ओली नेतृत्वको सरकारमा मन्त्री पद पाएका हुन् । रायमाझीलाई उर्जा, थापालाई खानेपानी, चौधरीलाई श्रम, शाहलाई शहरी विकास र तामाङलाई युवा मन्त्रालयको जिम्मेवारी दिइएको छ । हेर्नुहोस पुस ११ गतेका मुख्य समाचारहरु :