राष्ट्रपतिलाइ बामदेव गौतमले यस्तो भने, वैशाखपछि केपी ओली प्रधानमन्त्री नरहने प्रचण्डको भनाइ, हेर्नुहोस पुस १५ गतेका मुख्य समाचारहरु |
नेपाल कम्युनिस्ष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले संसद भंग गरिएको निर्णय जतिसक्यो छिटो फिर्ता लिन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । पार्टी विभाजन हुँदा कुनै पनि समूहमा नलागी तटस्थ बसेका नेता गौतमले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयको भने खुलेर विरोध गरेका छन् ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् । ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । हेर्नुहोस पुस १५ गतेका मुख्य समाचारहरु :