जानकी पन्त,
हजारौ नयनमा खहरे बाढी उर्लेर आयिसके पछि, हजारौ मनमा उर्लेका भावना भित्रै हराइसके पछि, हजारौ हृदयको आत्मिय फूल शिसिरको हुरीले उडाईसके पछि, न्यायको लागि उठेका हजारौ चर्को आवाज आफूमै दबिसके पछि, परिबन्धले हजारौ निर्दोषीलाई अन्याय तिर हुत्तियीसके पछि.. शहरका कलधारा देखि, गाउका ढुंगे धारा हरु समेत सुकी सके पछि, कहिल्यै नसुक्ने शुन्कोशिको बालुवा समेत तातिसके पछि, हरिया फाटमा झुलेका धानका फूल सवान् को भेल संगै बगिसके पछि… अविरल बर्षाले सयेउ आत्मा रोयिरहदा पनि, पानीको प्यासमा हजारौ आत्मा तड्पी रहदा पनि…
खुल्दैन तैपनि चेतना सरकारको यहाँ… कडा आंधीको तुफान भित्र शिशिर पछिको चेतनामा, अति दर्दको असर भित्र गलिसकेको बेदनामा, जीबन देखि थाकेर, मृत्यु देखि भागेर, दबेका जिज्ञासाहरु, डडेलिएका चाहना हरु बोकेर… अती कामको भारले खियियेका पाखुरीहरुले, शितलता खोजिरहेछन आईरहेको बशन्तमा!
कालो बादल पछिको निल गगनको प्रतिक्ष्यामा, अन्याय बिरुद्द न्याय भेट्ने आश्वासनमा, घोर अन्धकार पछि उज्यालो भेट्ने विश्वासमा… कुरेका छन् कैयेउ यहाँ एक उज्यालो दियालोको मृघ तृष्णामा, त्यहि सडक पारि पुग्ने प्रतिक्ष्यामा!
गधा झैँ सतायिएर लामखुट्टे झैँ धपायियेर, जीबन निर्वाहको खोजीमा, निर्दो सरि भाग्न बाध्य छन् कैयेउ बिदेशी भूमिमा! कैयेउ सजीवहरु निर्जीव झैँ जीउन बाध्य छन् बिदेशी भूमिमा!
निर्दोषी नयनका खहरे बाडीमा, अती आसुमा रुझेका नयनहरु सान्त्वना खोजि रहेछन बिरानो भूमिमा!
एक अनिश्चित एकाग्रताको झुकावमा! दबेका छन् कैयेउका अन्तर आत्माका आवाजहरु आफु आफैमा! रुकेका छन् कैयेउ हृदयका भावनाहरु गतिशील मस्तिष्कको अस्थिरतामा, नया बशन्तमा नया उमंग भेट्ने आश्वासनमा!
आखा भएर पनि अन्धो र कान भएर पनि बैरो झैँ बन्ने सरकार भएको देशमा जीवित भएर पनि निर्जीव झैँ जीउन बाध्य छन् कैयेउ पिडित सानो, ठुलो र उचनिचको अन्तर दौरानमा!
अन्तमा,
यहाँ, सिक्षितले रोजगार, असहायले आधार, पीडितले राहात पाउदैन! रोगीले डाक्टर घाईतेले मलम भोकोले रोटि भेट्दैन! दुइ चार सपुत मरेर यहाँ सरकारमा चेतना आउदैन!
यहाँ कोहि छन् भोका र नांगा, कोहि छन् बास बिहिन, कोहि छन् रोगले गलिरहेका ढलिरहेछन दिन दिन! कोहि जीउदा लाश सरि लडीरहेछन पेटीमा! पीडाका चित्कार गुन्जिरहेछन बन पाखा र बेशीमा!
कोहि छन् सामन्तको पन्जा भित्रै, कोहि शोसकको दमनमा, कोहि छन् काडाको झाङ् भित्रै दुखाई र पीडाको जलनमा! कोहि नशामा डुबिरहेछन जीबन गुमाई व्यर्थमा, कोहि आफुमै भिडिरहेछन बिना दोष र अर्थमा!
यो देश हो एक कुरुक्षेत्र, पिडित हरुको युद्दक्षेत्र, जहाँ भोक, गरिबी, पिडा र चोट हरु छन् पिडितका अस्त्र शस्त्र! यहाँ हुन्छ हरपल नया द्द्वंद र प्रतिद्द्वंदको प्रहार! यहाँ लुकेका छन् जनताहरुका ब्यथाहरु हजार…