काठमाण्डौ : प्रवास कतारमा रहेरपनि नेपाली “लोक सस्कृती ” लाई जगेर्ना गर्नुपर्छ भन्ने उदेश्य अनुरुप अलिकति बचेको समयलाई सदुपयोग गर्दै विभिन्न म्युजिक भिडियोमा सब्द रचना गर्दै आएका रचनाकार शक्ति क्षेत्रीले “पिरती के रैच ” बोल्को नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छ्न I
गीतमा गायक कुशल विश्वकर्मा र गायिका देवी घर्तिको आवाजमा रहेको छ भने भिडियो माला राना क्रियसन मार्फत सार्वजनिक भएको हो ।
गीतमा पर्वत वाग्लुङ्खतिर वोलिने मौलिक भाषा रैच,का जस्ता शव्दले मौलिकता थपिएको छ । पर्वत वाग्लुङ्खतिर वोलिने भाषालई मुख्यरुपमा लिई रचना गरिएकाले सवैले दर्शक श्रोताले मनपराउनेमा रचनाकार विस्वस्त रहेका छन् ।
कुशल विश्वकर्माको सिर्जना रहेको उक्त लोकदोहोरीमा मायालु जोडि विचको प्रेमको प्रसंगलाई गीतमा समेटिएको छ ।विरेन्द्र परियारको छायाँकन, अनिल विष्ट को सम्पादन तथा मौसम हिमालीको निर्देशन भिडियोमा रहेको छ ।
‘पिरती के रैच’ गीतको भिडियोमा अन्जली अधिकारी , धुव्र हिमाली , ओवी रायमाझी र रुपा लामाको अभिनय रहेको छ ।