‘सैन्य कू’ म्यानमारमा आङ सान सुकी पक्राउ !

Spread the love

काठमाडौं : म्यानमारमा सैन्य कू भएको छ । सेनाले सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) कि नेतृ आङ सान सुकीलाई पक्राउ गरेर सैन्य कू गरेको बीबीसीले लेखेको छ ।

म्यानमारमा हालै सम्पन्न निर्वाचनका विषयमा सेना र सरकारबीच तनाव बढेसँगै सेनाले कू गर्ने सम्भावना बढ्दै आएको थियो ।

अन्य नेताहरुसमेत पनि पक्राउ परेका छन् ।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सुकीको एनएलडीले सरकार बनाउन आवश्यक सिट जितेसँगै सेनाले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो ।

सन् २०११ सम्म सक्रिय सैनिक शासन रहेको म्यानमारमा पछि सुकीले आंशिक प्रजातन्त्र स्वीकार्दै निर्वाचनमा भाग लिएकी थिइन् ।

सुकीलाई सेनाले वर्षौंसम्म नजरबन्दमा राखेकामा विश्वभरबाट उनको संघर्षको पक्षमा आवाज उठेको थियो । गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा सुकीको पार्टीले ८३ प्रतिशत सिट जितेको थियो ।

सैनिक कू गरेसँगै एक वर्षका लागि संकटकालसमेत लगाइएको छ । अमेरकाले भने यदि सुकीलाई रिहा नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।