लौ किन लाज मान्नु मैले, क्रीकेट बुझेको केहि समय भयो भन्ने प्रकाश सपुत धुर्मुस सुन्तलीसँग क्रीकेट खेल्दै (भिडियो सहित)

Spread the love

पछिल्ला केही वर्ष नियमित जसो नेपाली साङ्गीतिक आकाशमा चम्किरहेका छन् केही कलाकार । नेपाली साङ्गीतिक क्षेत्रमा अमूल्य र कर्णप्रिय गीतहरू एकपछि अर्को दिँदै आएका छन् उनिहरुले । यस्तै गीतमा पर्छन्, ‘गलबन्दी च्यातियो तिमले तानेर’, ‘बोल माया’ र ‘बदला बरी लै !’लोकभाका मिश्रित यी गीतहरूका गायक हुन्, प्रकाश सपुत । सपुतका यी गीतले पछिल्लो समय नेपाली श्रोताको मन र मस्तिष्क दुवै जितेका छन । हरेक जसो नेपालीका ओठमा यी गीत झुन्डिएका छन् ।

सङ्गीतको क्षेत्रमा उनी अहिले लोकप्रियताको शिखरमा छन् । कुनै बेला खान-लगाउनकै समस्या भएका र अभावै अभावमा जीवन विताएका सपुत अहिले काठमाडौंमा आफ्नै घरमा बस्छन् तर उनलाई यो सफलता सहज र स्वाभाविक ढंगले प्राप्त भएको भने होइन । यसका लागि उनले धेरै मिहिनेत गरेका छन् । हेरौ उनै प्रकाश सपुतसँग गरिएको कुराकानी |