आर्यन सिके, कास्की नेपाल,
अमेरिकी राष्ट्रपतिमा हालसालै निर्बाचित जो बाइडेन चुनाबको परिणाम आएको भोलिपल्ट दिएको अभिव्यक्ति मेरो मनमा सधै जसो खेलिरहन्छ। उनले भनेका थिए ” हिजोसम्म म डेमोक्रेटिकको उम्मेदवार मात्र थिए भने हाम्रा जनताहरु कोहि डेमोक्रेटिक र कोहि रिपब्लिकनमा हुनुहुन्थ्यो। तर आज म न डेमोक्रेटिक हु न जनता रिपब्लिकन र डेमोक्रेटिक नै, हामी सबै हौ त केवल अमेरिकन। मैले यो उल्लेख गरिरहनुको तात्पर्य के हो भने जब देशमा बि.स २०४७ साल पछि बहुदलिय प्रजातन्त्र आयो जनतामाझ एक किसिमको उत्साह र उमंग थियो। अब देशमा जनताका छोराछोरी आफ्नो बिबेक र क्षमताको आधारमा राज्यको उच्च पदमा पुगेर देश र जनताको सेवा गर्ने ब्यबस्था आयो भनेर तर त्यो उमंग र उत्सब केवल सिमित पार्टी र ब्यक्तिमा निहित रहयो जुन आजसम्म यथाबत नै छ। आफ्ना मात्र पार्टीमा लागेका मान्छे, कार्यकर्ता र शुभचिन्तकहरुको नियुक्ति देखि हरेक सम्यन्त्रमा आफ्नै मनोमानिको प्रक्रिया त्यहाँबाट शुरु भएको चलखेल अहिलेसम्म जुनसुकै पार्टी र प्रधानमन्त्री भए पनि कुनै संसोधन र परिमार्जन बिना नै केन्द्र देखि स्थानीय निकायसम्म ठुलै जरो गाडेको देख्न पाइन्छ। चुनाव एउटा जित र हारको स्वाभाविक प्रक्रिया मात्र हो भने पार्टी एउटा माध्यम हो। तर हामीमा राजनितीको यस्तो भुत चड्छ चुनाब त बडादशै हो भने अरु पाचै बर्ष साठी महिना १८२५ दिन र २४ सै घन्टा चाहिँ अरु उत्सव जस्तै आफ्नो निकटम, पार्टी र काममा प्रयोग भएको छ ।
संविधान र कानुनमा जतिसुकै राम्रा कुराहरु जनताको सर्बाधिकार भित्र छन भनेर गर्ब गरे पनि जबसम्म समाजमा अक्षरस कार्वान्यन हुदैन तबसम्म त्यो संविधान एउटा कागजको खोस्टोभन्दा अरु केही हुँदैन ।देशमा जहिले राजनैतिक अस्थिर छ चाहे त्यो दुईतिहाईको सरकार होस, मिलिजुली र संयुक्त सरकार नै किन नहोस। देश र जनताले चाहेको सुनुवाइ हुदैन।त्यसो त कुनै पनि निर्बाचित सरकार र तिनका जनप्रतिनिधिहरुको नजरमा स्वतन्त्र, तटस्थ,र फरकमत र बिचारका जनताहरुलाई कुनै पार्टी र राजनैतिक प्रतिशोधको केन्द्रबिन्दुमा राखिनुहुँदैन। सबैको धारणा समान हुदैन यसको मतलब उ समाजको लायक छैन भनेर बुझ्नु नै लोकतान्त्रिक प्रणालीमा निरंकुश र तानाशाह मानसिकताको उपज नै मानिन्छ। हाम्रो देशको परिपक्षमा स्थानीय निर्वाचनको लगभग ४ बर्ष भयो। यहाँ जननिर्बाचित प्रतिनिधिहरुलाई प्रायः एक एक घर र स्थानीय बासिन्दाहरुकि बारेमा थाहा हुनु स्वाभाविक र सकारात्मक कुरा हो। चुनाबमा सबैले भोट दियो दिएन तर पनि बिजय पश्चात् उ एउटा मात्र पार्टी, धर्म, बर्ग र जातको नभई आफ्नो चुनावी क्षेत्रका सबै जनाको साझा जनप्रतिनिधि हो। यहाँ आउने बिकास, योजनाहरुको समान् पहुँच सबैमा पुराउने कर्तव्य हो। तर पनि मैले भोगेको देखेको वास्तविकता भने अर्कै छ। यो मैले खाली मेरो ठाउँको बारेमा मात्र होइन समग्र देशको बारेमा उल्लेख गरिरहेको छु। सायद हामी त्यही राजनैतिक वातावरण र सस्कारमा हुर्केका छौ। प्रतिनिधिहरुको कार्यलय र कार्यक्षेत्र सरकारि मातहतका हुन। सरकारले सबै पार्टी,ब्यक्तिविशेष र जनतालाई समान दृष्टिकोणबाट हेरिनुपर्छ। हिजो जुन पार्टीको माध्यमबाट जितेर आए पनि अबको उसको भुमिका जनताप्रती कुनै राजनैतिक बिभेदरहित अभिभावकको जस्तो हुनुपर्छ।
बिकाश र योजनाहरु स्थानीय निकायसम्म आइपुग्दा यी योजनाहरु कस्को, किन र के लागि भनेर ल्याइएको भनेर कहिले विश्लेषण गरिदैन। गरिहाले पनि आफ्ना केही सिमित ब्यक्तिहरुको रोहवरमा बसि सुनाइन्छ। जुन जानीजानी सम्पुर्ण जनताको सूचनाको हक विरुद्ध हो भने यसको कति प्रभावकारी बनाउन सकिन्छ भनेर कहिले अन्तरकृया, छलफल र समिक्षा नहुने नै भयो जसको दायरा साघुरो र लक्ष्यित बर्गको लागि हो भनेर बुझ्ने गार्हो छैन। बरु राजनैतिक प्रतिशोधका साथ त्यो हाम्रो पार्टीको होइन, उसले भोट दिएन, त्यो हाम्रो खुट्टा ढोग्दैन भनेर बनिने उपभोक्ता, निर्माण, संचालक र ब्यबस्थापन समितीमा समेत ठाउँ दिइदैन। चुनाब जितेको ५ बर्षसम्म दिनहु गरिने पार्टीको नामको राजनिती प्रतिसोध र भेदभाव नै बिकासनिर्माणका मुख्य बाधक हो।
यसरी जुन पार्टी र प्रतिनिधिहरुले जिते पनि गराई र हेराईमा फरक नहुने हो भने तटस्थ, सक्रिय राजनितीमा नलागेको र बोल्न नजान्ने र नसक्नेको हबिगत समाजमा के हुन्छ र यसले निम्त्याएको दुरिले सामाजिक सद्भावमा कस्तो असर गर्छ सजिलैसँग अनुमान गर्न सकिन्छ। मानिस समाजिक प्राणी हो। आफू बस्ने समाजको हित र प्रगतिको लागि जो सुकै तत्पर रहे पनि फरक राजनैतिक रंगको जन्जिरले उसलाई जेलेको हुन्छ। जसले गर्दा उसलाई आफुले जानेको सकेको दिनुपर्ने गर्नुपर्ने नहुनु स्वाभाविक हो। तसर्थ, हाम्रो समाजको आबस्यकता नितान्त हाम्रो हो, राजनीति बिचारधारा र झुकाब फरक भए पनि समस्या एउटै हो भने असहमति फरक, बिचार छलफल र समिक्षासहित एकअर्का प्रती ससम्मानसाथ किन एक हुन सक्दैनौं? केन्द्रमा बरु फरक धारका मान्छेको हिमचिम हुन्छ कहिले यताको खेमा त कहिले फरकगुट एक ठाउँमा भएको पाइन्छ। तर जन्मेदेखि मरुन्जेलसंगै बस्ने समाजमा मानिसहरुको सोच पुरातनवादी बर्चस्वमै कायमै छ। राजनितीलाई प्रगती,बिकासको र सुधारको माध्यमको लागि प्रयोग गरौ। प्रतिशोध, ब्यक्तिगत रिसिइबी, बदलाको सोच, कसैलाई उकास्ने र खसाउने माध्यम नबनोस। दुनियाँका प्रसिद्ध नेताहरु भाषणबाट होइन उनिहरुको लोकप्रिय कामबाट आज इतिहासमै आफ्नो नाम सुनौलो अक्षरमा लेखाउन सफल भएका छन। सकिन्छ राम्रो काम गरौ सकिदैन पुर्खाहरुले जसोतसो खडा गरेका संरचना र पुर्बधारहरुको विरुद्धमा नजाऔ। भोलि आउने युवापिडिले हाम्रो कामहरुको समिक्षामा कलन्क र बद्नामीको भागिदारको हिस्सेदार नबनौ। धन्यवाद