मुस्लिम गायक अलिफ खानको दुनियाँ रुवाउने कहानी, यसरि ज्यान पाल्दै सडक सडक हिड्थे अलिफ

Spread the love

गायक बन्ने सपना बोकेर १० बर्ष अघि काठमाडौं आएका अलिफ खानले यस क्षेत्रमा धेरै सँघर्ष गरे । सुरुमै ठगिएपछि कहिले दोहोरीमा पछाडि बसेर बजाउँदै, कहिले लेवर काम गर्दै उनले सँघर्ष जारी राखे । ४ महिनासम्म बिस्कुट चाउचाउ खाएर बसेनन कि, सडक पेटीमा सुतेनन कि । अब हुन्न भनेर बिदेश जाने सुर गरेका अलिफ यतिबेला एक्कासी चर्चामा छन् । मिजासिलो स्वभाव र निकै नै मिठो स्वर भएका अलिफले शिशिर भण्डारीसँगको भेटमा फोटो फिरिममा गीत पनि सुनाए ।

निकै सुमधुर आवाजका धनी अलिफ रत्नपार्कतिर भौतारिरहँदा मिडियाले उनलाई फेला पारे । उनको बिशेष त लोक गीत सुनिसकेपछि सारा नेपालीले उनलाई धेरै माया दिए । मुस्लिम धर्म मान्ने अलिफलाई धेरैले मुस्लिम भएर नाच गान गर्ने हैन भने तर उनले आफ्नो कला मार्न सकेनन् ।