पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायक एवम् गायिका गणेश अधिकारी र अमृता नेपालीको सुमधुर स्वरमा निकै प्रतिक्षित गित “पैताला” गित भखरै सार्वजनिक भएको छ । योग्सना डिजिटलको प्रस्तुतिमा रहेको गितको अफिसियल म्युजिक भिडियो योग्सना डिजिटलकै युटुव च्यानलबाट सार्वजनिक भएको छ ।
गुल्मि जिल्लामा बसेर आफ्नो सांगितिक यात्रा अघि वढाईरहेका सर्जक अधिकारी पछिल्लो समय अत्यन्तै लोकप्रिय भएका छन् । सबैको आखामा राख्दा पनि नविजाऊने , अत्यन्तै सरल स्वभावका, मिलनसार सर्जक अधिकारिको थुप्रै गितहरु चर्चाको शिखरमा छन् । यतिवेला सर्जक अधिकारीमा सृर्जना युटुव ट्रेडिगको अग्रस्थानमा छन् , ‘दहि चिऊरे मया’ गित यो न्युज तयार पार्दा सम्म युटुव ट्रेडिगको 27 ऒं नम्बर छ |
अभाव , आशुको कारखाना , पासपोर्ट हरियो , नलाऊ झुटो प्रिरति , पिडाको राजधानि , वलिदान, मेरो असल साथि , मुटुको छेउकुना , वलिदान , देऊ न राधा देऊ , तल्लो जातैको , ओठ खोलेर , चोखो मायाको, दहि चिऊरे माया लगायत थुप्रै गितहरु चर्चामा रहेका छन् । टिकटक देखि युटुवसम्म उनका प्रत्येक गितहरु चर्चित छन् , पछिल्लो समय उनको सांगितिक चर्चा दिनहु बढ्दो क्रममा छ भने उनको लोकप्रियता पनि उतिकै वढिरहेको छ ।
त्यस्तै गरि गायिका अमृता नेपाली पनि एक चर्चित अनि लोकप्रिय गायिका हुन, उनको स्वरको फ्यानहरु धेरै छन् । ‘झुटो माया चाईदैन पापीको’ गितबाट आफ्नो छुट्टै पहिचान वनाएकि गायिका नेपालीको पछिल्लो सांगितिक बजारमा धेरै गितहरु चर्चामा छन् । लाहुर जाने मदनहरु, मुटु कसेर, पन्चेबाजा गित साईलि, नगर हल्ला, फुल खसेछ, चुहिने छानो, ओई साईली ओई माईली, धागो र सियो लगायत थुप्रै गितहरु चर्चामा छन् ।
यस्तै बिगत १४ बर्ष देखि नेपालि गितसंगित क्षेत्रमा लागि आफ्नो छुट्टै पहिचान बनाऊन सफल सर्जक रमेश परियारको पछिल्लो समय उहाले सृर्जना गरेका थुप्रै गितहरु बजारमा आएका छन् भने उनका प्रत्येक सृर्जनाले सागितिक वजारमा राज गरेका छन् , लोकप्रियता कमाएका छन् । कहिले माया प्रेमका गित , कहिले विछोडका गित , कहिले मन आनन्द गाऊने त कहिले मन भकानिएर रुने गित , कहिले एकान्त बसेर सुन्दा आखा भरि आशु बिजाऊने अनि उकालि-ओराली भन्ज्याङ-चौतारी लेक वेशीका पुरानो मौलिक लोक-भाका झल्काउने आदि विशेषता उनका सृर्जनामा पाईन्छ ।
उनको सृर्जनामा रहेका गितहरुमा विष्णु माझि, देवि धर्ति, पुणकला वि सी, शान्ति श्री परियार, मेलिना राई, अमृता नेपाली लगायत चर्चित गायिकाको स्वरमा पनि सजिएको पाईन्छ । जस मध्ये गिनिजबुक, मकैको खोसेल्टो, बाडुल्कि, ठेऊवाटार, फुल तोरीको , पानि तुर्कि, बैगुनि माया, ढाट्यो जिन्दगीले, धागो र सियो, चादीको राया, हार खाईसके, बाडुल्कि आदि हुन ।
यसै विच यिनि तिन चर्चित गायक गायिका अनि सर्जकको सहकार्यमा नया निकै मार्मिक मनछुने गित ‘पैताला’ आज सार्वजनिक भएको छ । चर्चित गोरखाली सर्जक रमेश परियारको उत्कृष्ट लय शब्द रहेको निकै मर्मस्पर्शी गितमा लोकप्रिय सर्जक गणेश अधिकारी र अमृता नेपालीको सुमधुर आवाज रहेको छ , गितमा निकै मनुछुने शब्दहरु र भावनालाई प्रस्तुत गरिएको छ ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को उत्कृष्ट निर्देशनमा रहेको गितमा किरण मगर र सगुन शाहिको निकै मनछुने अभिनय रहेको छ ।
गोरखाको विभिन्न ठाऊहरुमा सुट गरिएको गितको म्युजिक भिडियोमा निकै फरक फरक सिनहरुले भरिएको छ । सुरेश श्रेष्ठले छांयाकन गरेको गितको म्युजिक भिडियो शिव पौडेल सम्पादन गर्नुभएको छ ।
गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोस् :