युवा गायक आयुष्मानको मर्मस्पर्शी गीत ‘मुरली तिरिरी’ सार्वजनिक

Spread the love

झापा दमकका आशा लाग्दा युवा गायकको रुपमा आफुलाई अगाडि बढाँउदै गरेका गायक आयुष्मान चापागाँईले हालै आफ्नो नयाँ गीत ‘मुरली तिरिरी’ सार्वजनिक गरेका छन ।

दिपकराज पाठकको प्रस्तुतिमा रहेको गीतमा आयुसमानसंगै सञ्चारकर्मी तथा कलाकार शिशिर भण्डारी र गायिका बेनिशा पौडेलको स्वर पनि रहेको छ ।

वास्तविक कथाको घटनालाई लिएर बनाइएको भिडियोमा शिशिर भण्डारी, सुनिशा बजगाईं, इशान राउत ‘जिरे’, दिपकराज पाठक, श्रद्धा गौतम र बाल कालाकार अनुरोध भण्डारीको अभिनय रहेको छ ।

भिडियोमा निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ भने छांयाकन ज्ञानेन्द्र शर्मा हुमागाई तथा सम्पादन डिन्सन शाहको रहेको छ ।

गीतमा शब्द रचना दिपकराज पाठक र शिशिर भण्डारीको रहेको छ भने संगीत पनि भण्डारीले नै दिएका छन ।

भिडियो नयाँ नयाँ न्यूज नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।