पछिल्लो समय टिकटकबाट धेरैले चर्चा कमाउन सफल भएका छन । नेपाली सिने क्षेत्रमा धेरैको आगमन भयो । मोरङको भाइरल सेल्फी रोडमा आइसक्रीम बेचेर भाइरल बनेका मङलबारेका राज मन्डललाई भ्याइनभ्याई हुन्छ । सेल्फी रोडमा पछिल्लो समय निकै भिड हुन्छ ।
दैनिक टिकटक बनाउन आउनेको भिड बढेसङ्गै सेल्फी रोड व्यावसायिक पनि बन्दै आएको छ । टिकटक बनाएर एकाएक भाइरल बनेका आइसक्रीम बेच्ने दाइ आज पहिलोपटक श्रीमती सहित मिडियामा आएका छन । दैनिक हजारौंको संख्यामा मानिसहरुको आवतजावत हुन्छ । त्यसमा धेरैले उनिसङ टिकटक बनाउछन । श्रीमतीकै अगाडी केटीहरुले तानातान गरेर टिकटक बनाउन थालेपछी मन्डल लजाए ।
उनले लजाउदै श्रीमतीलाई जिस्काए । भाइरल आइसक्रीमवालाकि श्रीमती अन्तरवार्ताको क्रममा निकै भावुक हुँदै बिगतदेखिको सम्पुर्ण कहाँनी सुनाइन । सबै भावुक बने । भाइरल दाइले भावुक बनेकी श्रीमतीलाई अन्तरवार्तामै प्रेम प्रस्ताव राखेर हसाएका छन । तलको भिडियोमा हेर्नुहोला ।