बेलबारी । चर्चित भाइरल झाँक्री कृष्ण घतानी गम्भिर बिरामी परेका छन् । बिरामीहरुको चाप बढेसँगै उपचार गराउने क्रममा झाँक्री ढलेका हुन् ।
उनलाई उपचारका लागि स्थानीय हस्पिटल लगिएको छ । क्रमिक रुपमा स्वास्थ्य सुधार भइरहेको जनाइएको छ । झाँक्रीको विषयमा विवाद उठेसँगै अब बेलबारी छोड्ने निर्णय गरेका छन् । उनी ताप्लेजुङ जाने बताइएको छ । उनले निकै तनाब भएकाले झाँक्री काम नै छोड्ने मनस्थिति बनाएको बताइएको छ । तर, के गर्दछन् भन्ने विषयमा खुलेर बोल्न नसकेका छैनन् ।