नगर स्तरिय खेलकुद सम्पन्न , नगर प्रमुख बाट बिजेतालाइ ट्रफी र मेडल द्वारा सम्मान

Spread the love

युबराज रेग्मी
चैत्र ४ , गौरादह /
झापा जिल्लाको गौरादह नगरपालिका गौरादहमा २०७७ सालको सामुदायिक बिद्यालय अन्तरगत आधारभुत तहको नगर स्तरिय खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
बिकास अनुसासन र गतिसिलता नारालाई आत्मसाथ गर्दै आयोजित खेलकुद कार्यकम आज बुधबार सम्पन्न भएको छ । जनता माध्यमिक बिद्यालय गौरादह १ को खेल मैदानमा हिजो मंगलबार देखि संचालित आधारभुत तहको छात्र- छात्रा तर्फको कबड्डि प्रतियोगितामा नगर अन्तरगतका ११ वटा बिध्यालयहरु प्रतिस्पर्धाको मैदानमा उत्रिएका थिए ।

प्रतिस्पर्धा अन्तरगत आज भएको फाइनल खेलमा छात्रा तर्फ बिजेता बन्दै अमर माध्यमिक बिद्यालय गौरादह २ ले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यसै गरि उपबिजेता बन्दै स्कुलचौन माध्यमिक बिद्यालयले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । छात्र तर्फ स्कुलचौन मा.बी. बिजेता बन्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको छ । त्यसै गरि उपबिजेता बन्दै प्रगती मा. बि. ले द्वितीय स्थान हासिल गर्न सफल भएको हो । कबड्डि खेल अन्तरगत अन्य बिधामा छात्र तर्फको बेस्ट रेडर स्कुलचौन मा. बि. का अनिल राई , बेस्ट डिफेन्डर प्रगती मा. बि. का शिव नारायण कटवाल बन्न सफल भएका छ्न ।

त्यसै गरि छात्रा तर्फ बेस्ट रेडर अमर मा. बि. २ कि मनिसा भारती र बेस्ट डिफेन्डर स्कुलचौन मा.बि. कि नुमा सुब्बा बन्न सफल भएका छन । गौरादह नगरपालिकाका नगर प्रमुख रोहित कुमार साहको प्रमुख आथित्यता तथा जनता मा. बि.गौरादह १ का बि. ब्य.स. अध्यक्ष इन्द्र गौतमको सभापतित्वमा आयोजित समापन कार्यक्रममा विशिष्ट अतिथीको रुपमा गौरादह नगरका प्रमुख प्रसासकिय अधिकृत राजेन्द्र भट्टराई , विशिष्ट अतिथी शिक्षा तथा खेलकुद साखा प्रमुख टेक नाथ रेग्मी , अतिथी हरुमा विभिन्न बिद्यालयका प्र. अ.हरु , शिक्षक प्रतिनिधिहरु ,खेल शिक्षकहरु बिध्यालय स्वास्थ्यकर्मी ,रेफ्रीहरु , बिद्यालय सहयोगी कर्मचारीहरु , स्वयम् सेबक बिध्यार्थीहरु साथै आम खेलाडी तथा विभिन्न बिध्यालय बाट खेलकुदको मनोरञ्जन लिन खेलप्रेमी बिध्यार्थी हरुको उल्लेख्य मात्रामा सहभागि भएका थिए । समापन तथा पुरस्कार बितरण कार्यक्रम लाई जनता मा. बि . का प्र. अ. हरि अधिकारीले स्वागत गरेका थिए । समापन कार्यक्रममा बिजेता बिध्यार्थी हरुलाइ अतिथीहरु द्वारा अबिर, टीका, मेडल ,प्रमाण-पत्र तथा ट्रफिले सम्मान गरिएको थियो ।

समापन कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी रोहित कुमार साहले बिध्यार्थी हरुको सारिरिक तथा मानसिक बिकासमा खेलकुदले सकारात्मक प्रभाब पार्न सहयोग पुर्याउने बताए ।

समापन कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका सभापती जनता मा. बि. गौरादह १ का बि . ब्य. स. अध्यक्ष इन्द्र गौतमले खेलकुद कार्यक्रमको माध्यम बाट बिध्यार्थी हरुलाइ नकारात्मक बिचारहरु त्यागी सकारात्मक बिचार तर्फ लाग्न प्रेरणा मिल्ने बताए । समापन कार्यक्रम लाई सोही बिध्यालयका शिक्षक डन्डि राज घिमिरेले संचालन गरेका थिए ।