कस्तो अचम्म को प्रतिभा ! आखाँ छोपेर कपाल काट्ने अदभुत कला! गिनिज बुकमा नाम लेखाउने तयारी (हेर्नुहोस भिडियो)

Spread the love

भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।

चितवन,चैत । चितवनको भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु गर्ने भएको छ । धुर्मस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आर्थिक समस्या पर्दै गएपछि चैत १० देखिअभियान सुरु गर्न लागिएको हो ।

चैत १० गते पश्चिमको कन्चनपुरबाट अभियानको शुभारम्भ गर्न लागिएको धुर्मस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिए । उनले महाकाली नदीको किनारबाट यो अभियान सुरु हुने बताए । अभियानमा सहभागी हुने टोलीलाई सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरुले टीका, मालासहित ४ हजार ४ सय ५ रुपैयाँ सहयोग गरेर बिदाइ गरे ।

‘महाकाली नदी, लुम्बिनी र मेची नदीको माटो ल्याएर वैशाखमा तयार गर्ने लक्ष्य राखिएको रंगशालाको मैदानमा राख्ने योजना छ, हाम्रो अभियानका क्रममा यहीँबाट माटो ल्याउँछौं र पिचमा समाहित गछौं,’ फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, ‘रंगशाला निर्माण सबै जसो जिल्लाको सहभागता, अपनत्व र योगदान रहोस् भनेर मेची महाकाली अभियान सुरु गर्न लागेका हौं ।’

उनले हरेक जिल्लामा दुई दिन रहेर रंगशालाका बारेमा जानकारी गराउने तथा अभियानमा जोड्ने प्रयास गरिने बताए । रंगशालामा ७७ वटै जिल्लाका कोठा रहने भएकोले एउटा जिल्लाले आफ्नो कोठा निर्माणमा सहयोग गर्न सके त्यसले सकारात्मक सन्देश दिने बताए । प्रत्येक जिल्लाका पालिकाहरुलाई पत्राचार गरिसकिएको छ । सो टोलीमा कलाकार कट्टेलसहित अर्जुन घिमिरे ‘पाँडे’, सामाजिक अभियन्ता अजुर्न भुसाललगायत रहनेछन् ।

महाकालीबाट सुरु गर्न लागिएको अभियान कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रुपन्देही, परासी, नवलपुर र चितवनसम्म आउने छ ।

रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरू गरिने फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए । छोरा गुमाएकी खिमाको छोरा बनेर पुगे धुरमुस,रुदै रंगशाला बनाउनुस भन्दै हजारौ सहयोग गरिन :

भिडियो हेर्नुहोस :