गायक बिशाल राईको पहिलो गीती एल्बम ‘सेन्मी’ सार्वजनिक

Spread the love

चर्चित गायन रियालिटी द भ्वाइस अफ नेपाल सिजन २ को टप १० मा पुग्न सफल गायक बिशाल राईको पहिलो सांगीतिक कोशेली गीती संग्रह ‘सेन्मी’ बिमोचन गरिएको छ । कोभिडको बढ्दो कारण र प्रबिधिलाइ सदुपयोग गर्दै नेपाली इतिहासमै पहिलोपटक भर्चवल माध्यमबाट म्युजिक नेपालको स्टुडियोमा शनिबार गीती संग्रह ‘सेन्मी’को बिमोचन गरिएको हो । प्रसिद्ध संगीतकार शुभबहादुर सुनाम ,बरिस्ठ संगीतकार सुरेश अधिकारी , लोकप्रिय गायक एबम म्युजिक नेपालका बिजनेस हेड राजिव लोहनी र गायक बिशाल राईले सयुक्त रुपमा गीती संग्रह ‘सेन्मी’को बिमोचन गर्नु भएको थियो । ५ वटा गीतहरु संग्रहित ‘सेन्मी’ एल्बममा सुरेश अधिकारीको एकल शब्द रचना र सगीत रहेको छ भने महाराज थापाको एरेन्ज रहेको छ ।

नारी , नपिलाउ ,निदै उडेर, तिमि गैगयौ,म त हजुर गीत समाबेश गीतहरूमध्ये ‘नारी’ गीतको म्युजिक भिडियो समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । हजारौ दर्शकले कार्यक्रमलाइ म्युजिक नेपालको युट्युब च्यानल मार्फत प्रतक्ष्य हेरेका थिए । सो कार्यक्रममा गायक बिशाल राईले एल्बममा समाबेश गीतहरू लाइभ गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए । गीती संग्रह ‘सेन्मी’लाइ म्युजिक नेपालले बजारमा ल्याएको हो । ‘सेन्मी’ एल्बमका गीतहरू म्युजिक नेपालको युट्युब च्यानल र संसारभर ७० भन्दा बढी डिजिटल प्लेटफर्म मार्फत सुन्न सकिन्छ ।

एल्बम लन्च कार्यक्रमको भिडियो लिंक |