धेरै काठिन्य (Multiple sclerosis) रोग अनुसन्धानको कोष संकलन अभियानलाई सहयोग गर्ने अभिप्रायले नेपाली मूलकी मेलबर्न निवासी पूजा श्रेष्ठले THE MAY 50K कार्यक्रम अन्तरगत ५० किलोमिटर दौडदै छिन् ।
सामान्यतया २५-३५ वर्षदेखिका युवा उमेरमा शुरु हुने यो रोगको क्षेत्रमा काम गर्नका लागि MS RESEARCH AUSTRALIA २००४ मा शुरु भएको हो र यस्ले THE MAY 50K कार्यक्रम अन्तर्गत २०१९ मा २.१ मिलियनभन्दा बढी र २०२० मा ६.६ मिलियनभन्दा बढी अर्थ संकलन गरेको थियो ।
पुरुषभन्दा बढी महिलामा बढी देखिने यो रोगमा नसाको सुरक्षात्मक तहलाई खाएर प्रतिरक्षा प्रणाली कम्जोर बनाउँछ र मस्तिष्क र शरीरको बीच संचारमा बाधा पुर्याउँछ । यो रोगको लक्षणहरुमा देखनमा कठीनाइ, संतुलनमा कमी, अस्थिरता, बोलनमा असुविधा, ध्यान केन्द्रित गर्नमा कठिनाई, शारीरिक अंगमा कमजोरी आदि पर्छन ।
आफ्नो १८ औं जन्म दिवस मनाउने तयारी अन्तिम अवस्थामा पुगिसकेको बेलामा तराइ बाढी पहिरोले ग्रस्त भएको कारण देशमा त्यसरी नेपालीहरुले त्यसरी दु:ख सामना गरेको बेलामा आफूले रमाइलो गर्नु उचित नहुने भन्दै आफ्नो जन्म दिनको कार्यकम स्थगित गरी धुर्मुस-सुन्तली फाउण्डेशन मार्फत ३,००० डलरको सहयोग प्रदान गरेकी थिइन पूजाले ।
अस्ट्रेलियामा मात्रै यो रोगले पीडितको संख्या करीब २६,००० रहेकोले यो जटिल र दु:खदायी रोगबाट पीडितहरुले भबिस्यमा भोग्ने समस्या न्यूनिकरणका लागि यो जटिल र पीडादायी रोगको अनुसन्धानमा सहयोग पुर्याउने हेतुले पूजा THE MAY 50K कार्यक्रममा सहभागी भएकी हुन । उनीमार्फत यो अनुसन्धानमा सहयोग गर्न यो लिंक मार्फत गर्न सकिनेछ र प्रत्येक ब्यक्ति वा संस्था मार्फत संकलित रकमको जानकारी यस्को साइट मार्फत प्राप्त गर्न सकिनेछ ।
पहिलो दिन आज पूजाले ४ किमी कुदिन भने यो अभियानमा उन्को प्रत्येक दिनको गतिबिधि र योगदान पनि साइट मार्फत प्राप्त गर्न सकिनेछ ।
पूजा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठकी छोरी हुन ।