फाइनल राउण्डका क्रममा भोटिङका आधारमा २१ वर्षीया जस्ट साम (वास्तविक नाम समन्था डियाज) अमेरिकन आइडल घोषित भइन् । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।
अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलमा उपबिजेता बनेर नेपालीका तर्फबाट ईतिहास कायम गर्ने दिवेश पोखरेल (अर्थर गन) यो बर्ष पुन: उपाधी हात पार्ने प्रयाशमा छन ।
भोट् गर्ने काममा नेपाली विस्वमा नै अग्रपंक्तिमा छ । श्रृंखला खतिवडा मिस वर्ल्डमा सहभागी हुँदा भोटिङका आधारमा संधैं अगाडि परेकीले उनीसंग उन्का साथीहरुले नेपालको जनसंख्या कति अरब छ भने प्रश्न गर्थे । भारत जस्तो अरबभन्दा बढी जनसंख्या भएको देशलाई पनि नेपालले भोटिङमा धेरै पटक पछाडि पारेर उपाधी हात पारेकै हो । जस्ट सामलाई गत बर्ष जसरी उन्का देशले सहयोग गर्यो, त्यसरी नेपालीहरु लागि पर्ने हो भने भोटिङ कोड ७ रहेको दिवेश पोखरेल (अर्थर गन) ले यो पटक अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधी हात नपार्ला भन्न सकिन्न । #VoteArthurGunn#VoteforArthurGunn#AmericanIdol2021#ARthurGunn