“हामीलाई व्यवस्था परिवर्तनको सिलसिला होईन्, व्यवहार सुहाउँदो शासन चाहिन्छ”,

Spread the love

जानकी पन्त,
“हामीलाई व्यवस्था परिवर्तनको सिलसिला होईन्, व्यवहार सुहाउँदो शासन चाहिन्छ”, “हाम्रो अधिकार हाम्रो जन्मभूमीमा छ, यदि त्यो अधिकार र पहिचान शासकले मेटाउँछ भने हामीले त्यसको घोर बिरोध गर्नु पर्छ ” शायद यस बिषयमा हामीले गम्भीर भएर कहिल्यै सोचेनौ। रास्ट्रको लागि दृढ प्रण संकल्प हामी कसैले यसरि लिन सकेनौ।

राणा फालेर राजा ल्यायौं। अनि फेरि राजा फालेर एक राजाको सट्टा हजार देश लुट्ने राजाहरु बनायौं। सुक्ष्म अध्ययन व्यवस्थाले जनहितमा कार्य हुने, लोकतन्त्र प्रणाली लाइ ल्यायौ अनी त्यसपछी फेरी गणतन्त्र लाइ रोज्यौं। तर अफसोच परिणाम सदा झैँ अभाव र नपुगमै जीवन अल्झियो। भोक मेट्न र जीबन बचाउन लाइ आफ्नो जन्मथलो त्याग्न पनि हामी कैयेउ बाध्य भयौ।
हामीले अधिकार पहिचान मुद्दा बोकेर, ठुला योजना बुनेर, ठुलाठुला भाषण बाजी गरेर, सडकमा जुलुस र नाराबाजी गरेर कसैको आह्वानमा बारम्वार शाहदत बन्ने कार्य गरिरहेउ। केवल परिकल्पनाको पुलाउ बनाइ रहेउ अनि यसमै रमाइ रहेउ। यहाँ व्यवस्थित सासन बास्तबिकतामा ब्यभारमा हुनुपर्छ भन्ने यो कहिल्यै सोचेनौ । र हामी कसैले पनी त्यो पाएको कदापि महसुस गरेनौं।

मेरो भाषा वा जात वा संस्कार सँस्कृति जोगाउनुपर्छ सोच्नु भन्दा नि मैले जुनै भाषा बोलेर जस्तोसुकै संस्कारमा हुर्केर भएपनि शानले बाँच्नुपर्छ भन्ने अवधारणा यहाँ ठूलो हुँदै गयो। यहाँ सबैको आफ्नो स्वार्थनै सर्बोपरी बनीरह्यो। रास्ट्र प्राथमिकता कहिल्यै बनेन। त्यसको परीणाम संघर्षको धुँवा आगोविना फैलिरह्यो। र यहा कसैलाई बिना संघर्ष एक नायकको उपाधि हासिल हुने मौका मिल्यो भने अनी अर्कोलाई चाही त्यही कार्यबाट आफ्नो भकारीको लागि वीउविना अन्न फल्ने बोट बनिरहने मात्र सौभाग्य मिल्यो।

यहाँ टायर बालेर, बन्द हडताल गरेर, हिंसात्मक कार्य प्रतिपादन गरेर, अरुलाई जुधाउने र भिडाउने कुरा मात्र गरेर केही उपलब्धी हुदैन। अब यस बाहेक अरु नयाँ तरीकाको नयाँ सोचको वीउ रोप्नुपर्छ किनकि जमाना बदलीसक्यो यो कुरा हामीले अझै बुझ्न सकेनौ। आफु भित्रको रातो रगत कालो हुँदै जानु भनेको हामीभित्रको स्वार्थ अनी दुराचारले ताण्डव गर्नु हो । यस्ता क्रीयाकलाप गर्दा यहा सर्वहारा सदा जितीरहन्छन् जसको कारण सधै आन्दोलन भइरहन्छन र फलस्वरुप अरु कैयेउ यस्ता नया शोसक नेता जन्मिरहन्छन्। जसले गर्दा न गरिव निमुखा व्यवस्थित हुन्छन् न सर्वहारा नै, अनि न त त्यो आन्दोलनको केही औचित्य रहन्छ नै। आगो बलिरहन्छन् ताप्नेले तापेर गई रहन्छन्, आफ्नो स्वार्थ पुरा गरिरहन्छन्। जनता जहिकोताही भई रहन्छन। यो एक राजनैतिक रातो कुरा हो जुन अहीले कालो बनी रहेको अवस्थामा छ ।

अब पनि सोच परिवर्तन नगर्ने हो भने जातिय हिंसा, वर्ग हत्या, लुटपाट, भ्रष्टाचार, अत्याचार, बालत्कार बाहेक अर्को नौलो केही बिकाश या उत्पादन हुन सक्दैन। यस्ता क्रीयाकलापले रक्तपात बढाउनु सीवाय अरु केही फाइदा हुदैन। बुद्धको शान्तीको देश जहाँ हिंसा पाप हो । यहाँ मात्र होईन् विश्वभरि नै हिंसा अपराध नै हो । अतः त्यही अधिकार पहिचानकै लागि हामी हाम्रो बाटो फेरौं। नयाँ सोचसँगै जीवनलाई नयाँ दिशातीर उन्मुक्ति को बाटोमा जोडौं । र अधिकार पहिचान त्याग्ने कुरा होईन् लिने बाटो रोजौ। समयमै सोच बदलेर आफ्नो अनि देशको लागी भलाइको बाटो रोजौ। यो रातो भित्रको तातो कुरा यानीकी सत्य सेतो कुरा हो।

अतः आफुमा या आपसमा आक्रोश र मनमुटाव रोपेर शासन प्रणालीमा आफ्नो हिस्सा हुनुपर्छ, भन्ने कुरा आन्दोलन गरि मागेर मात्र माग पुरा हुन्न। जसरि आदिवासी, जनजाती एवम् मुलवासीहरुले दशैं लाई सदाचार लिने र दुराचार त्याग्ने भन्ने सोचे, जुन आपसमा कालो मोसो दले बराबर हो। कोही आदिवासी वा जनजाती वा मुलवासीका नेता भनाउदाहरु साँच्चिकै अधिकार सम्पन्न आफ्नो जाति, धर्म, पहिचान पेशा वा अरु अन्य बनाउन चाहन्छन भने सर्वप्रथम ती समुदायलाई शिक्षित बनाउने कसरी त्यो सोच्नु आबश्यक छ । र शिक्षित बनेकाहरुलाई कसरी कुन ओहदामा व्यवस्थित गर्ने हो, त्यो योजना तयार गर्नु जरुरी हुन्छ। योजना अनुरुप तिनीहरुलाई परिक्षामा सम्मेलित हुने वातावरण निःशुल्क बनाउनु जरुरी छ। लोकसेवा लगायत अन्य स्थानमा दायित्व र कर्तव्य दक्षतापूर्वक निर्वाह गर्ने इमानदारीता पुर्बक परिक्षा चलाउनु जरुरी छ् । शिक्षा बुद्धिले ज्ञानभूमी नेपाल बनाउने अठोट सबै रैथानेहरुले सिकाउने अबको प्रयास हुनुपर्छ। आपसमा कालो मोसो दलेर साँस्कृतिक परिवर्तन आउँदैनन् ।

आफ्नो भाषा धर्म सस्कृती र मातृत्व बहिष्कारले जिबनमा हिनता ल्याउछ। यदी बदल्नु छ भने व्यवहार सोचमा परिवर्तन हुनुपर्छ। नेपालको माया गर्नु पूर्व आफ्नो जन्मथलोको माया गर्न सिके अधिकार पहिचान स्वतः स्थापित हुन्छ नै। मागेर सम्पन्न हुन्छु भन्ने सोच्नु गलत हो। विगतले मात्र वर्तमानमा हिड्न सजिलो बनाउने बाटो हो जस्मा भविष्य, आफैले आर्जेको कथाको मौलिक व्यथा बनाउन होईन् यो बुझ्नु नितान्त आवश्यक छ।

हुन त हामी आफ्नो स्वार्थका लागि आफ्नो मनोकांक्षा पूरा नभए भगवान नै फेर्ने मान्छे हौ। यसर्थ हामी परिवर्तनशिल प्राणी हौं भन्न रुचाउछौ। तर एउटा कुरा परिवर्तनमा स्वार्थ अहम् हुन हुन्न जुन परावर्तनका बाटा हुन् । यसर्थ स्पस्ट भन्नु पर्दा हामी आपसी चाहना र मतभेदका कारण भ्रष्ट हुँदै गएका छौं। अपराधमुखी जीवनलाई यथार्थता मान्न समेत नहिच्किच्याउने तन्तुका जन्तु बराबर बन्नपछि परेका छैनौ।

हामी आफ्नै विम्वलाई तरंगित पारि रम्ने कुरा सिक्दैछौ। अरुमा दल्ने कालो मोसो तयार गरिदै गर्दा यसलाई अपमान नमानि आफ्नै हातमा लागेको कालो मोसो धोएर सफा भएको विश्वास राख्ने तर उसले पनि धुने नयाँ प्रविधि प्रयोग गर्न सक्छ भन्ने सोच्न बिर्सिने अपराधमुखी सोचमा हामी सहभागी भएका छौ।

यसकारण यहाँ गलत दिशामा नदि सरह निरन्तरतामै गलत विचार प्रवाह भई रहेको छ । हामी परावर्तनलाई परिवर्तन भन्दै यहाँसम्म आई पुगेका छौं। अब ब्यबस्था होइन हाम्रो सोच बदल्न जरुरी छ। अन्यथा जुन ब्यबस्था आएपनी देश अनी जनताका भोगाइ र समस्या हरु जहाँको तही रहनेछन। संधर्ब, गणतन्त्र दिबस👈🇳🇵
Article by
#janakipantjoon
#जागनेपालीअभियान
#dedicatedtonepal To be continued..