मोटर बाटो देखि केही माथि बाँसको टाटीले बेरिएको थोत्रे झुपडी । बाहिरबाट भित्र प्रष्ट देखिने गरी भताभुङ्ग भएको टाटीको बारमाथि सिधै आकास देखिने छिया–छिया भएको टिनको छानो । झट्ट हेर्दा बाख्राको अव्यवस्थित खोर झंै लाग्ने यही झुपडीमा कष्टपूर्ण गुजारा चलाईरहेका बेसहारा बृद्ध बुवाको व्यथा कहाली लाग्दो छ ।
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवाका ७० बर्षिय चेत बहादुर काला बुवाको एक्लो जिवनको कथा हो यो । जिवनको परिभाषा दिनेहरूले आआफ्नो मत राखेपनी बास्तबमा जीवन के हो? मैले पनि छुट्याउन सकेको छैन। बाल्यकालमा संघर्षरत जीवन आज आएर एक्लोपन सङ लड्न समेत आट गर्न सक्दैन । जब पि’डाका सुईहरुले भित्री मनलाई छुन्छ्न, तब यी आँखापनि रसाउने बहानामा रुन्छ्न। दिनहुुँ दिन बुवाको यथार्थले रुवाइरहेको छ। यथार्थबाट भाग्न लाख कोशिश गरेपनी उम्किने बाटो छैन । के गर्नु सपनाहरू पुतली जस्तै छन् जो हरेक बिहानीको मिरमिरमा उदाउँछ्न। समात्न खोज्यो धेरै पर पुगिदिन्छन।अहिले त केवल बाढी जस्तै लाग्छ जीवन जो कहिल्यै शान्त सङ बग्दैन सधैं हुलदङ्गा मच्चाउछ । आफ्नो लागी आफै त रहिछ साथी । ७० बर्षका चेत बहादुर काला बुवा अहिले यही सानो झुपडीमा बस्दैछन जिवनका दिन घटाउदै ।
बैशंमा बिहे गरेको सबै २ श्रीमतिले नै साथ छोडे । त्यस पछि बिहे देखि नै घृणा पलाउन थाल्यो । एउटा छोरीको जन्म भएको थियो तर त्यसलाई पनि श्रीमतिले संगै लिएर गईन । त्यस पछि उहाँको जिवन नितान्त एक्लो बन्दै गयो । बृदेशकालको साहारा कोही पनि छैन । दिन रात एक्लै बस्दा उहाँलाई आफ्नै जिवद देखि दिक्क लाग्न थल्यो । घरमा केही छैन । खाने सुत्ने समयतालिका नै अस्तब्यस्त छ । तै पनि रुन्चे हासाँे मुस्कुराउनुहुन्छ चेत बहादुर काला बुवा । उहाँको यो जिवनदेखेर केही भए पनि सहयोग पुग्ला भनेर आज हामीले यो भिडियो तयार पारेका हौ । उहाँलाई केही सहयोग गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोला । हामीले उहाँसंग पु¥याउने छौ । भिडियो हेर्नुहोस ।