पृय मामु दुई हात दस औला जोडि नमस्कार अनि धेरै धेरै माया र सम्झना,!! नजिक भएको पत्र लेख्दैन थिए होला तर तपाई म त हेर्नुहोस सात समुन्द्र पारी छम त्यसकारण पत्र लेख्न बाध्य भए!!
यो हाम्रो भाग्यको लेख रैछ मामु जब केहि पर्वहरु आउन्छन पर्व आउन भन्दा पहिला यी आख बाट धेरै आसुहरु आइरहेका हुन्छन् ! जब सानी थिए! केही कुराहरु याद आउदैन थियोे तर अहिले धेरै जान्ने बुझ्ने भएकी छु हरेक कुरा मन भित्र पड्पाउदै आफ्नो मन लाई पथर बनाइकी छु हरेक काममा अगाडी बढेकी छु लाग्छ मैले आफैले गाउँ समाजमा सबै लाई सम्झाउन सक्थे!
तर अहिलेको यो समय आफुले आफुलाई सम्झाउन सकेकी छैन मामु हेर्नुस् न जब मैले सहि र गलत के हो भनेर बोल्न र छुट्टाउन सक्थिन तर तपाईं संग बसेर केही कुरा छुट्टाउन समेत पाएकी छैन आज सम्म निकै दुख लागेको छ मम्मि अझ तपाईंको त्यो हात बाट खाना पकाएर नखाएको कति धेरै भयो सायद यो हाम्रो भाग्य नै यस्तै थियोे ! मामु तपाईका हरेक कुरा लाई आज सम्म मनमा लिदै आज सम्म कुनै गलत बाटो हिडेकी छैन कुनै इज्जतमा दाग लगाउने काम गरेकी छैन बाचा गर्छु यो छोरीले केहिले गलत काम गर्नै छैने!!
आमा सधैंभरी हजुरकै काखमा बसिरहु त्यहि काखलाई सिरानी बनाएर निदाउन पाए तर यो भाग्यमा कहाँ हुदो रैछ र ९महिना कोखमा राखी १० धारा दुध खुबाई हुर्काउनु भयो अनि कर्तव्य पनि बडदै गयो मामु हिजो त्यही १० धार दुधको भारा पनि तिर्न सकेकी छैन ! काख र लाख को त के कुरा गर्नु र कहिल्यै तिरेर नसकिने मामु सातै जन्म हजुरकै कोखबाट जन्मिन पाउ तपाईंका हजुरका यादहरु पलपल समेटेर दिनहरु बिताएकी छु केहि भन्न सक्दिन आफै पहिला रुनु हुन्छ त्यसैले जति पिडा परे पनि मन मै राख्छु पोख्न सक्दिन हजारौं कथाहरुको कामना गर्छु
तपाईं संग छिट्टै भेट होस मामु भगवान संग यहि प्रार्थना गर्छु!!”