हजुर मलाई जन्माउने मेरो आमालाई निको पार्ने अस्पताल बनाउने मान्छे, गाँउको मेरो सानो रेष्टुराँमा खान आएको बेला पैसा लिन म त्यत्ति गरीब हैन ।
कर्ण शाक्य पाल्पा घुम्न जाँदा हाँसको छोयला पाइने सानो पसलमा खाजा खान पसे । ड्राइभर अलि बाहिर र कर्ण शाक्य र उन्का साथी भित्र बसेर खान थाले । खाइसकेपछि ड्राइभर पैसा तिर्न जाँदा साउनीले “भित्र बस्ने कर्ण शाक्य होइन?” भनी सोधिन । ड्राइभरले “हो” भनेपछि साउनीले पैसा लिन मानिनन । ड्राइभरले “उहाँले यसरी पैसा नलिंदा मान्नु हुन्न” भने ।
दुइजनाको कुरा चलिराख्दा कर्ण शाक्य र साथी त्यहाँ आइपुगे र भने, “बहिनी, यसरी अरुको श्रमको मूल्य नतिरी खानु हुन्न । जति हुन्छ लिनुस, नत्र हामीले यहाँ खाएको राम्रो लाग्दैन हामीलाई” र सोधे, “तपाईंंले मेरो किताब पढनु भएको छ?”
“म अनपढ हुँ, त्यसैले हजुरको किताब पढ्ने भन्ने कुरै भएन” – पसल्नीको जवाफ आयो ।
“मेरोबारेमा कसरी थाहा पाउनु भयो त त्यसो भए?” – कर्ण शाक्यको प्रश्न थियो ।
“टिभिमा देखेर अनुमान गरेको ।” – युवतीले भनिन ।
“ठिकै छ, हामीलाई खुशी बनाउने हो भने जति हुन्छ लिनुस बैनी” – कर्ण शाक्यले अनुरोध गरे ।
“पहिलो कुरा त हजुर जस्तो करोडपति मेरो यस्तो सामान्य पसलमा अब कहिले पो आउनुहुन्छ र? दोश्रो, हजुरले गर्दा खोलिएको क्यान्सर अस्पातलकै कारण म जस्तो गरीबको आमा क्यान्सर लागेर नेपालमा नै उपचार गर्न पाएर निको भयो । हजुर मलाई जन्माउने मेरो आमालाई निको पार्ने अस्पताल बनाउने मान्छे, गाँउको मेरो सानो रेष्टुराँमा खान आएको बेला पैसा लिन म त्यत्ति गरीब हैन । “ भन्दै गहभरी आँशु बनाएर रुन थालेपछि कर्ण शाक्यको आँखाबाट पनि आँशु थामिन सकेन । आनायाश कर्ण शाक्यले ती पसल्नीलाई अंकमाल गरे – एक किसिमले यो साक्षात भगवान र सच्चा भक्तको मिलनको क्षण जस्तै थियो, दुबैको लागि अगाध खुशीको पल थियो त्यो ।
श्रोत: भाक्तपुरमा आयोजित सकारात्मक सोंचसम्बन्धी कार्यक्रममा कर्ण शाक्यद्धारा ब्यक्त गरिएका बिचारका आधारमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ (Ramkshrestha) द्धारा आफ्नो फेसबुकमा राख्नु भएको सामग्री ।