पछिल्लो समय एकपछि अर्को गर्दै नेपालको राष्ट्रिय टोलीले राम्रा खेल पस्कदै आएको छ । लामो समयदेखि लागेको गोलको खडेरी लाइ पछिल्लो समयका युवा पुस्ताले तोड्दै आएका छन । नेपालको खेल सधै राम्रो भएपनि स्कोर गर्ने खेलाडी नभएपछि पछि पर्दै आएको महसुस गर्न सकिन्थ्यो । नेपाली राष्ट्रिय टिममा बिस्तारै युवा पुस्ताको आगमनको बढेसँगै नेपाली फुटबल जगतमै केही आशा बढ्दै गएको छ । थोरै अवसर अनि थोरै लगानी र असुविधाका बाबजुद नेपाली खेलाडीहरुले ज्यान दिएर खेलेको देख्न सकिन्छ । पछिल्ला केही खेलहरुमा निकै सुधारिएको प्रदर्शन देखाएर सबैलाई चकित पारेको छ । केही समयअघि आफ्नो पहिलो खेलमा नै गोल गर्न सफल भएका मनिष डाँगी जो नेपालको राष्ट्रिय टिमका भविष्यको रुपमा लिएका खेलाडी रहेका छन । भन्दै भइरहेको साफ च्याम्पियनसिपमा नेपालले मौद्रिक सँग निकै रोमाञ्चक खेल खेलेको थियो । यस खेलमा नवयुग श्रेष्ठलाई आराम दिँदै दोस्रो हप्ता मैदान छिरेका मनिष डाँगीले 17 मिनेट मै उत्कृष्ट गोल गर्दै सबैलाई चकित बनाएका छन ।
छोटो समयमा निकै राम्रो छाप छोड्न सफल मनिष डाँगी आखिर को हुन् त ? आजभन्दा तीन वर्षअघि लिइएको मनिष डाँगीको पहिलो अन्तरवार्ता बाहिरिएको छ । मनिष डाँगी र उनकी आमा पहिलोपटक मिडियामा आउँदा छोराको भविष्य सम्झेर रोएकी थिइन । बुबाआमा सँगै कोरियामा हुर्किएका मनिष कोरियाको राष्ट्रिय टिममा समेत परेका थिए । समिर सुवेदीले लिएको सो अन्तर्वार्तामा मनिष कोरियाको राष्ट्रिय टिममा परेर पनि आफ्नै देशका लागि खेल्छु भनेर कोरियाको नागरिकता त्यागेर नेपाल आएको बताएका थिए । आमाले मनिषको दुनियाँ रुवाउँने कहाँनी सुनाउँदा सबैका आँखा रसाए । आमाले रुँदै यस्तोसम्म सुनाइन तलको भिडियोमा हेर्नुहोला ।