आफ्ना हातमा भएसि पाओर
डाँडाका फेदीमा भीउ टाओर!
टाओर हेर्न डाँडामा जाऊ
भा को बजेट यसै गरि खाउँ !
गाँउ-गाँउमा सिंह दरवार
भिर मुनि टाओरै टाओर!
टेलीफोनको टाओर छैन
त्यता तिर देख्ने हैन!
यस्तै टाओर बने अरु
टिपथ्यो नि त नेटवर्क बरु
अनलाइन कक्षा , रुखमा बास!
प्रविधीको उपहास
विद्यार्थी पढ्छन रुखमा बसि
मर्ने हुन कि त्यहाँबाट खसि !
छैन हेल्थ पोस्ट छैन पानी
कमिशन खान परेसि बानी
पानि बोकेर टाओर बनाए
भा को बजेट त्यँही खनाए !
शिक्षा स्वास्थय छैन पानी
यस्तो गर्छन जानि -जानि !
के चाँहि हेर्न को पो आउला
कती नै तिर्ला के नै पाउला ?
देख्ला के नै बिथिती भन्दा
सानो बजेट औंलामा गन्दा
कमिशन पाएसि मुख बन्द
जनप्रतिनिधी बिबेक अन्ध !
कमिशन खाने निहुँमा टाओर
भिऊ टाओर कि निहुँ टाओर?
– अर्जुन राज पन्त
बागलुङ मुलपानी , (व्यङग्य कवि पहिलाे व्यङयकाव्यकार समेत हुन उनको ‘कोइली ‘ व्यङ्ग्यकाव्य प्रकाशित छ )