पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन बुधबार उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् । पुनलाई लामो समयदेखि जण्डिसले सताएको छ। चार वर्षअगाडि पनि जण्डिसले स्वास्थ्यमा समस्या देखाएपछि थाइल्याण्डमा उपचार गराइएको थियो । पुनको सचिवालयका अनुसार बैंककस्थित समितिभेज अस्पतालमा उपचार हुने छ ।
सुमेरु अस्पतालमा उपचार गराएका पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएपछि थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ । हाम्रा नेताहरु जस्तो सुकै बिरामी भएपछी बिदेशमा जानु पर्ने परम्परा हटाउनु पर्छ भनेर धेरै आवाज उठिरहन्छ । बिदेश गएर उपाचार गराएर देशको ढुकुटी रित्याउने नेताहरुको लिस्ट लामो नै छ । सायद आफ्नो उपचार आफै गर्न नसक्ने हैसियतको नेता कोही छैनन तर नेपाली जनताको लागी यो दुर्भागय हो । बाकी भिडियोमा हेरौ