सुन्तलाजन्य फलफूलको बोक्राको उत्पादनलाई विस्व बजारमा लैजाने तयारीमा डा. प्रतिभा पाण्डे

Spread the love

युनेस्को अन्तर्गत इटलीमा मुख्यालय रहेको Organisation of Women Science in Developing World (OWSD) ले विकान्सोमुख देशका महिला वैज्ञानिकलाई अनुसन्धानका लागि ५० हजार अमेरिकी डलर (५९ लाख रुपैयाँ) को प्रतिष्ठित ‘Early Carrier Fellowship’ दिने गरेकोमा गएको तीन वर्षमा पाँच नेपाली महिला वैज्ञानिकले सो फेलोसिप प्राप्त गरेका छन – सन २०१८ मा डा. हेमु काफ्ले र डा. शोभा पौडेल, सन २०१९ मा डा. टिष्टा प्रसाईं र डा. प्रतिभा पाण्डे तथा सन २०२० मा डा. ज्योति भण्डारी ।

रिसर्च इन्स्टिच्युट फर बायोसाइन्स एन्ड बायोटेक्नोलोजीकी डा. पाण्डेले सुन्तलाजन्य फलफूलको बोक्राको उपयोगितासम्बन्धी अध्ययन गरिरहेकी छिन् । पोखरास्थित वन विज्ञान कलेजकी उपप्राध्यापक डा. भण्डारीले अन्नपूर्ण क्षेत्रमा परम्परागत रुपमा औषधिको रुपमा प्रयोग हुने वनस्पतिको बारेमा अध्ययन गर्ने छिन् यो फेलोशिप अन्तर्गत ।

अमेरिकाको नर्थ क्यारोलाइनाको केलम कलेजबाट रसायनशास्त्र र गणितमा स्नातक गरेपस्चात नर्थ वेस्टर्न विस्वविद्यालयबाट पिएचडी गरेर २०१५ मा नेपाल फर्केपछि केही समय विदेशी कम्पनीकै प्रतिनिधि भएर नेपालमा काम गरेकी डा. पाण्डेले पछि अनुसन्धान संस्था र व्यावसायिक कम्पनी स्थापना गरी सुन्तला र कागतीको खेर जाने बोक्राबाट सुगन्धित तेल उत्पादन गर्ने विषयमा उनको अनुसन्धान केन्द्रित गरिन ।

सायद 1 व्यक्ति तथा 'INOCULATION GATHERS TRDD PACE NEPAL HUMANE MANAGERS BUS RS 100 ·ISSUE5M 2021 B 360° SS ENTREPRENEURIAL FEMINISM WHAT IT DOES & WHY IT MATTERS RETURN OF OIL'S BULLISH RUN CROSS BORDER PAYMENTS IN NEPAL 772091215007> CATALYS YST CHANGE PRATIVA CATALYST ANDEY CHNOLOGYAND' भन्ने पाठ को तस्बिर हुनसक्छ

खेर जाने बोक्रालाई कसरी उपयोग गर्ने, फरकफरक उचाइमा त्यसको गुणमा कसरी र कति परिवर्तन हुन्छ, सुन्तलाको बोक्रामा कस्तो प्रकारको औषधिजन्य तत्व छन, तिनलाई खाना, श्रृङ्गारको रुपमा कसरी प्रयोग गर्न सकिन्छ, लामो समयसम्म प्रयोग गर्न सकिने कसरी बनाउन सकिन्छ जस्ता विषयमा अध्ययन गरिरहेकी छिन डा. पाण्डेले ।

त्यसैगरी जीवाणु तथा ढुसीहरुको प्रयोग गरेर त्यसमा रहेको औषधिजन्य तत्वलाई विस्तार गर्ने सम्भावनामाथि पनि अध्ययन भइरहेको छ ।

सायद 1 व्यक्ति, उभिएको तथा 'INTHE LEAD DA LS CHANGE PANDEY DR. PRATIVA FOUNDER &CEO, HERVEDA BOTANICALS ICALS Text: å' भन्ने पाठ को तस्बिर हुनसक्छ

पाण्डे औषधिजन्य वस्तुहरुको अनुसन्धान कम्पनी क्याटलिस्ट पनि चलाउँछिन् । हर्बेदा बोटानिक्स कम्पनीले प्राकृतिक जडिबुटीयुक्त कस्मेटिक उत्पादन गर्छ विस्वबजारमा निर्यात गर्ने उदेश्यका साथ ।

प्रयोगशालामा गरेको अनुसन्धानलाई कसरी औद्योगिक क्षेत्रमा ल्याउने र आर्थिक विकासमा लगाउने भन्ने विषयमा अध्ययन गरेकी डा. पाण्डेलाई औद्योगिक उत्पादन तथा आर्थिक विकास जस्तो विषयमा चासो बढेकोले त्यस्कै लागि अहिले नेपालमा अभ्यास गर्दैछिन ।

हार्दिक बधाई डा पाण्डेलाई र सफलताको लागि हार्दिक शुभेच्छा!!!

सायद 1 व्यक्ति को तस्बिर हुनसक्छ

 

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विस्व सल्लाहकार रामकुमार श्रेष्ठ (Twitter: @Ramkshrestha को फेसबुक पेज