एनआरएनए यूकेको महिला बिभाग गठन

Spread the love

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि महिला बिभाग गठन भएको छ । एनआरएनए यूके महिला संयोजक बिमला लिम्बुले प्रस्तुत गरेको उपसमितिलाई गत नोभेम्बर १ मा बसेको कार्यसमितिको पूर्ण बैठकले पारित गरेको हो ।

चालु कार्यकालको महिला बिभागको सहसंयोजकहरुमा मनीकला राई गुरुङ र आस्था जोशी छन् भने सदस्य सचिव र कोषाध्यक्षमा क्रमशः उषा चाम्लिङ राई र माया केसीलाई राखिएको छ ।

महिला बिभागको सदस्यहरुमा एनआरएनए यूके इङल्याण्ड राज्य परिषद सहसचिव अञ्जू कुँवर, सुमी भण्डारी, मञ्जू लिङदम र गीता रायमाझी रहेका छन् ।

एनआरएनए यूकेको महिला बिभागका संस्थापक संयोजक संगीता मरहट्ठा (२०११–१३), पूर्व संयोजकहरु बबी लामा (२०१३–१५), सुशीला राई (२०१५–१७), लिलादेवी गुरुङ (२०१७–१९) र प्रसुना कँडेल (२०१९–२१) पाँचै जनालाई सल्लाहकार राखिएको छ ।

एनआरएनए यूकेको महिला बिभागमा नर्दर्न आयरल्याण्ड, वेल्स र मिडल्याण्डबाट कम्तिमा एक एक जना प्रतिनिहिरु आएपछि समितिले पूर्णता पाउने संयोजक बिमला लिम्बूले बताइन् ।