वीरेन्द्र चौधरी
भैरहवा, रुपन्देही । लुम्बिनी प्रदेशमा पछिल्लो समय च्याउ उम्रे जस्तै अन्लाईन मिडियाहरु खुल्ने क्रम बढेको छ । यहाँका प्राय अन्लाईन मिडियाहरु जिल्ला र प्रदेशको नाम जोडेर संचालनमा आएको देखिन्छ ।
लुम्बिनी प्रदेशमा आजभोलि अनलाईनको लागि विभिन्न सञ्चारगृहहरू खुल्ने क्रम बढिरहेको भएता पनि सवैभन्दा बढी हेरिने वेबसाईट भने कम छन् ।
“रैंकिंगका हिसाबले हेर्दा लुम्बिनी प्रदेशमा सवैभन्दा बढी हेरिने वेबसाईट अर्घाखाँची डट्कम देखिएको छ । लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, दाङसम्मका अन्लाईन भन्दा पहाडी जिल्लाको नाममा संचालित अर्घाखाँची डट्कम सबैभन्दा बढी हेरिने अन्लाईन मिडिया भएको हो ।”
लुम्बिनी प्रदेशका बाह्र जिल्लाहरु नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रूकुम(पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दियामा उक्त अन्लाईन मिडिया हेरिनेको संख्या सबैभन्दा बढी देखिएको छ । “यहाँका अन्य मिडियाहरु ओरालो लाग्नु जिल्ला-जिल्लामा खुलेका अन्लाईनहरु नियमित नहुनु, बीचमा बन्द हुनु, समाचार सङ्कलन लेखन सम्पादन प्रकाशनमा कमी हुनु साथै स्थानिय समाचार प्रथामिकता नदिनु मुख्य कारण हुन् ।”
बुटवल, दाङ लगायतका शहरबाट वर्षौदेखि प्रकासित पत्रपत्रीकाहरु किनेर पढने पाठकको संख्या घटेको देखिन्छ । “एक दशक अगाडि लुम्बिनीमा अन्लाईन मिडिया भनेको अर्घाखाँची डट्कम मात्र थियो । उक्त अन्लाईन धेरै पुरानो पनि हो । डेढ़ दशक अगाडि अन्लाईन रेडियो लाईभको शुरुवात गरेको थियो ।”
“घाटामा चलेको डट्कमले नेपाल मै पहिलो पटक सब्सक्राईभको शुरुवात गरेको थियो । तर पछि बन्द गरेको थियो । यसका संस्थापक मेहर केसी र सम्पादक सन्तोष क्षत्री छन् । वर्षौसम्म विरेन्द्र केसी सम्पादक थिए । पुर्व पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी उक्त अन्लाईनमा रहेका छन् ।”
इन्टरनेटको विकासले अनलाईन पत्रकारिताको विकाससँगै पत्रकारहरूलाई धेरै खालका चुनौति पनि थपिदिएको छ । अनलाईका लागि समाचार सङ्कलन लेखन तथा सम्पादन गर्नुलाई अनलाइन पत्रकारिता भनिन्छ ।
पत्रकारीतामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ। छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन सक्षम भइसकेको छ। विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाईनमा निर्भर बन्दै जानु तथा नेपाल मै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहेको छ।
सन् १९६९मा अमेरिकी रक्षा विभागका अनुसन्धान विशेषज्ञले चार वटा कम्प्युटरको नेटवर्क अर्पानेटबाट प्रयोगात्मक रूपमा सूचनाहरू आदान–प्रदान गर्न सुरु गरेका थिए। सन १९७०मा यसले टेलिटेक्स र भिडियो टेक्सको रूपमा विकास भयो। १९९०मा बेलायती वैज्ञानिक टीम वर्नर लीले वेभसाइटहरू बनाउनको लागि अत्यावश्यक एचटीएमएल कोडहरूको विकास गरे । जसवाट वेबपेजको निर्माण सम्भव भयो ।
तर, पहिलो अनलाईन पत्रिकाको प्रारम्भ भने सन् १९९०मा प्रवेश भयो । १९९२मा अमेरिकाको शिकागो ट्रिव्यन अनलाईनको रूपमा इन्टरनेमा प्रकाशित भयो । यसपछि नै वास्तवमा अनलाईन पत्रकारिताको शुरुवात भएको मानिन्छ । १९९३ वाट अनलाईन पत्रकारीताको विकासले तिव्रता पाएको थियो। नेपालमा पनि सन १९९५ मै अनलाईन पत्रकारीताको प्रारम्भ भइसकेको थियो।