करिब ५००० वर्ष अघि महर्षि वेदव्यासले पृथ्वीको बारेमा गरेका बिभिन्न आश्चर्यजनक भबिष्यवाणी !

Spread the love

जानकी पन्त,
करिब ५००० वर्ष अघि महर्षि वेदव्यासले पृथ्वीको बारेमा गरेका बिभिन्न आश्चर्यजनक भबिष्यवाणी जुन अहिले सत्य भइरहेका छन~~~~~
भबिष्यवाणी १: धर्म, सत्यता, स्वच्छता, सहिष्णुता, दया, उमेर, शारीरिक बल तथा सम्झने शक्ति दिनानु दिन कलिको प्रभावले घट्दै जानेछ। श्रीमद् भागवत् १२-२-१।

भबिष्यवाणी २ : कलियुगमा केवल ‘धन’ मात्र मानिसको राम्रो जन्म, उचित व्यवहार र असल गुणको आधार मानिनेछ। कानुन र न्याय मानिसको शक्तिको आधारमा लागु हुनेछ। श्रीमद् भागवत् १२-२-२।

भबिष्यवाणी ३ : पुरष र महिला केबल सतही आकर्षणको कारणले गर्दा मात्र मिलेर बस्नेछन। व्यापार र सफलता केवल छलमा निर्भर हुनेछ। पुरुषत्व केवल शारीरिक सम्पर्कको अनुभवको आधारमा मापन गरिनेछ र मानिस एउटा डोरो बाधेको आधारमा ब्राह्मण कहलिनेछ। श्रीमद् भागवत् १२-२-३।

भबिष्यवाणी ४ : व्यक्तिको आध्यात्मिक स्थिति बाहिरी चिज तथा वस्तुहरुमै निर्भर हुनेछ र यहि आधारमै व्यक्तिको आध्यात्म परिवर्तन हुनेछ। जीविकोपार्जन राम्रो गर्न सकेन भने व्यक्तिको मर्यादामा प्रश्न उठ्नेछ। जो धेरै शब्दहरुमा खेल्न सक्छ र गफ हाँक्न सक्छ, उ नै सबैभन्दा विद्वान ठहरिनेछ। श्रीमद् भागवत् १२-२-४।

भबिष्यवाणी ५: कुनै व्यक्तिसंग धन छैन भने उ अधर्मी मानिनेछ। छल र कपटलाइ सद्गुण मानिनेछ। केवल मौखिक सहमतिले विवाह गरिनेछ, र कसैले स्नान मात्र गरेको छ भने सोच्ने छ कि उ सार्वजनिक रुपमा अरुको अगाडी आउन लायक छ। श्रीमद् भागवत् १२-२-५।

भबिष्यवाणी ६: एक पवित्र स्थान केवल टाढा रहेको पानीको कुण्डमा सिमित हुनेछ र सौन्दर्य कसैको कपालमा छ भन्ने सोचिनेछ। भुडि भर्ने जीवको लक्ष हुनेछ र जो कठोर छ उ नै सत्यवादी कहलिनेछ। जसले परिवार पाल्न सक्छ उ विशेषज्ञ मानिनेछ र धर्मका सिद्धान्त प्रतिष्ठा जोगाउनको लागि मात्र पालना गरिनेछ। श्रीमद् भागवत् १२-२-६।

भबिष्यवाणी ७: जब पृथ्वी यसरी भ्रष्ट मानिसहरुले भरिन्छ तब ती व्यक्तिहरु मध्य जसले आफुलाइ शक्तिशाली देखाउन सक्छ उसले राजनैतिक शक्ति पाउने छ। श्रीमद् भागवत् १२-२-७।

भबिष्यवाणी ८: अनिकाल र अत्याधिक करको कारण मानिसहरु पात, जरा, मासु, जंगली मह, फल, फूल र बीउ खान बाध्य हुनेछन्। खडेरीले गर्दा सबैकुरा बर्बाद हुनेछ। श्रीमद् भागवत् १२-२-९।

भबिष्यवाणी ९: मानिसहरु चिसो, हावाहुरी, तापक्रमको बृद्धी, बर्षा तथा हिउँबाट प्रभावित हुनेछन्। यसको साथै आपसी झगडा, भोक, प्यास, रोग तथा चिन्ता तथा थकाइको सिकार हुनेछन। श्रीमद् भागवत् १२-२-१०।

भबिष्यवाणी १०: कलियुगको लागि मानिसको उच्चतम उमेर ५० बर्ष हुनेछ। (यो भने पुरा भएको छैन, तर मानिसको बाँच्ने औसत उमेर भने कम भएको छ।) श्रीमद् भागवत् १२-२-११।:

भबिष्यवाणी ११: मानिसहरुले आफ्ना वृद्ध आमाबुबाको रक्षा गर्ने छैनन। श्रीमद् भागवत् १२-२-१२।

भबिष्यवाणी १२: कलियुगमा मानिसहरुले केहि सिक्काको लागि मात्र पनि क्रोध पैदा गर्नेछन। सबै मित्रवत् सम्बन्धलाइ त्याग्नेछन् र आफ्नो र अरुको ज्यान लिनको लागि तयार हुनेछन्। श्रीमद् भागवत् १२-३-४१।

भबिष्यवाणी १३: संस्कार नभएका मानिसहरुले भगवानको लागि भनि दान स्वीकार गर्नेछन् जसलाइ धर्म र संस्कृतिको बारेमा ज्ञान हुदैन उनै सबैभन्दा अग्लो कुर्सीमा बसेर धार्मिक प्रवचन दिनेछ। श्रीमद् भागवत् १२-३-३८।

भबिष्यवाणी १४: सेवकहरुले उसको मालिकको धन सकिए पछि छाड्नेछन् चाहे त्यो मालिक सन्त र उदाहरणीय व्यक्ति नै किन नहोस्। मालिकले परिवारमा पुस्तौबाट रहदैआएका सेवकहरु अशक्त भएमा परित्याग गर्नेछन। जब दुध दिन छोड्दछन् तब गाइहरु वेवारिसे छिडिनेछन वा मारिनेछन्। श्रीमद् भागवत् १२-३-३६।

भबिष्यवाणी १५: सहरहरु चोर तथा फटाहहरुले लिनेछन। वेद नास्तिकहरुको गलत व्याख्याले भरिनेछ। राजनैतिक नेताहरुले विस्तारै जनता भस्म पार्नेछन्। पंण्डित तथा बुद्धिजीवीहरु पेट तथा जनेन्द्रियका भक्त हुनेछन। साभार प्रेरणालय
#janakipantjoon #positivevibes
To be continued…