नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीका चार खेलाडीलाई ६ महिना अनुबन्धन (सेन्ट्रल कन्ट्याक्ट)बाट बाहिर राख्ने निर्णय फिर्ता लिएको छ ।
क्यानको बिहीबारको बैठकले ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको अनुबन्धनबाट बाहिर राख्ने यसअघिको निर्णय फिर्ता लिएको हो ।
त्यस्तै आजको बैठकले गुलशन झा, विक्रम सोब र रोहितकुमार पौडेललाई जनही एक लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । यस्तै, क्यानले महिला क्रिकेटर ज्योति पाण्डेलाई ५० लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।
क्यानले क्रिकेटर ललितनारायण राजवंशीको उपचारका लागि एक लाख पचार हजार रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको छ ।
कायाकैरन बाट