एजेन्सी । संयोजित टिस्युले पुरुषको यौन अंगलाई घुमाउरो (बाउडिने) बनाउने गर्दछ । यस समस्यालाई एक किसिमको दुर्लभ अवस्था मानिन्छ ।
जसकारण व्यक्तिलाई उत्तेजनाको दौरानमा पिडा हुने गर्छ ।
यस समस्यामा सामान्यतयाः टिस्युका धर्साहरु एकै ठाउँमा जम्मा हुन्छन्, जसले यौन अंगका संयोजित टिस्युलाई सामान्य रुपमा सिधा हुन दिदैँन । साधारणतयाः यो समस्यामा यौन अंगको माथिल्लो भाग निहुरिएको अथवा तल झुकेको हुन्छ ।
प्रत्येक ११ जना पुरुषमध्ये १ जनालाई यस पेरोनिज रोगले सताउने गरेको पाइएता पनि धेरै व्यक्तिहरुमा यससम्बन्धि उचित ज्ञानको अभाव भएको देखिन्छ ।
यसैगरि, कहिलेकाहिँ व्यक्तिको यौन अंगको माथिल्लो वा टुप्पोका भागमा देखापर्ने केहि डल्लो अथवा गाँठो हुने समस्याले पनि व्यक्तिलाई पिडा दिने समस्याको प्रमुख स्रोत हुन् ।
केहि खोपको माध्यमबाट औषधि दिएर अथवा विकल्प स्वरुप शल्यक्रिया गरेर पनि सो गाँठो देखा परेको समस्यालाई निराकरण गर्न सकिन्छ ।