दुवै भर्सनमा यो गजल हालसम्म पनि लोकप्रिय छ । अञ्जु पन्तको सांगीतिक करिअरमा यो गजलले थप उचाइ नै दियो ।
सोही चर्चित गजल पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालको स्वरमा पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको हो । सफल यो गजललाई विपिन किरणले रचेका हुन् । गजलमा महेश खड्काको संगीत सुन्न सकिन्छ ।
बिहीबार ‘किरण क्रियसन’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गजलमा महाराज थापाको एरेञ्ज छ । बुद्ध थापाले खिचेको नयाँ भर्सनको भिडियोलाई विनोद बमले सम्पादन गरेका छन् ।
अञ्जु पन्तको स्वरमा रहेको ओरिजिनल गजल