काठमाडौँ — अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)को आयु सकिँदै गएपछि नयाँ केन्द्र निर्माणमा विभिन्न शक्ति राष्ट्रहरु यतिबेला होडबाजीमा लागेका छन् । सन् २०३१मा यो केन्द्र पृथ्वीमा खस्दैछ ।
प्रशान्त महासगरको प्वाइन्ट नेमो क्षेत्रमा अन्तरिक्ष केन्द्र सन् २०३१मा ‘क्रयास ल्यान्डिङ’ गर्ने नासाले प्रक्षेपण गरेको छ । प्रशान्त महासगरको यो क्षेत्र जमिनबाट धेरै टाढा छ । यो जमिनबाट २ हजार ७ सय किलोमिटर टाढा रहेको क्षेत्र हो जहाँ मानवनिर्मित यानहरु खसाल्ने गरिएको छ । सन् २००१मा रुसको अन्तरिक्ष केन्द्र ‘मिर’को पनि यही स्थानमा क्र्यास गराइएको थियो ।
प्रशान्त महासगरको प्वाइन्ट नेमो क्षेत्रमा अन्तरिक्ष केन्द्र सन् २०३१मा ‘क्रयास ल्यान्डिङ’ गर्ने नासाले प्रक्षेपण गरेको छ । प्रशान्त महासगरको यो क्षेत्र जमिनबाट धेरै टाढा छ । यो जमिनबाट २ हजार ७ सय किलोमिटर टाढा रहेको क्षेत्र हो जहाँ मानवनिर्मित यानहरु खसाल्ने गरिएको छ । सन् २००१मा रुसको अन्तरिक्ष केन्द्र ‘मिर’को पनि यही स्थानमा क्र्यास गराइएको थियो ।
१०९ मिटर लामो छ अन्तरिक्ष केन्द्रमा कुनै पनि अन्तरिक्ष यान पृथ्वीबाट पुग्न करिब ४ घन्टा लाग्ने नासाले जनाएको छ । ४ लाख १९ हजार ७२५ किलो तौलको आईएसएस हामीले आकाशमा देखिने सबैभन्दा ठूलो चम्किलो वस्तु पनि हो । आईएसएसमा दुई वटा बाथरुम, एउटा जिम र ६ वटा सुत्न मिल्ने क्वार्टरका साथै ८ वटा अन्तरिक्ष यानहरु एकैपटक ‘डक’ हुन सक्छन् ।
नयाँ अन्तरिक्ष केन्द्र निर्माण
आईएसएसलाई अमेरिकी कंग्रेसले सन् २०२४ सम्मका लागि मात्रै बजेटको सुनिश्चितता दिएको छ । राष्ट्रपति जो बाइडेनले सन् २०३०सम्म काम गर्ने भनेपनि रुसले सन् २०२५ पछि आईएसएस कार्यक्रमबाट बाहिरिने बताउँदै आएको छ । सन् २०३० सम्म अमेरिका र रुसले छुट्टै अन्तरिक्ष केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।
अमेरिकाले निजी क्षेत्रलाई अन्तरिक्ष केन्द्र निर्माण गर्न प्रोत्साहन गरिरहेको छ । हालका अन्तरिक्ष केन्द्रमा सिग्नस, ड्रागन,एचटीभी र रसियन प्रोग्रेसले कार्गोहरु पठाउँदै आएका छन् ।
नासाले पृथ्वीको तल्लो कक्षमा निजी क्षेत्रहरुसँगको साझेदारीलाई जोड दिएको छ । आईएसएस यसअघि सरकारी निकायको नियन्त्रणमा हुने गरेपनि आगामी दिनहरुमा निजी क्षेत्रलाई निर्माण गर्न लगाएर त्यसको नियमन र नियन्त्रण नासाले गर्दै छ ।
नासाको व्यवसायिक अन्तरिक्ष कार्यक्रमका निर्देशक फिल म्याकलिस्टरले बीबीसीलाई बताए अनुसार नासाको सहयोगमा अब निजी क्षेत्र प्राविधिक र आर्थिक रुपमा पृथ्वीको तल्लो कक्षमा घुम्ने स्याटेलाइट सञ्चालनमा योग्य भएका छन् ।
नासाले सन् २०२०मा एक्जियोम स्पेससँग अन्तरिक्ष केन्द्रसँग जोड्न मिल्ने किसिमको ह्याबिटेबल मोड्युल निर्माण गर्ने सम्झौता गरेको थियो । नासाले अन्य ३ वटा कम्पनीलाई पनि अन्तरिक्ष केन्द्रका डिजाइन तयार गर्ने सम्बन्धमा सम्झौता गरेको छ । यसमा ब्लु अरोजिन, न्यानोर्याक्स एलएलसी र नोर्थरोप ग्रुमेन सिस्टम कर्पोरेसन छन् । नासाले केन्द्र निर्माणमा निजी क्षेत्रसँग गरेको सम्झौताअनुसार २०२०को अन्तिम दशकतिर अन्तरिक्ष केन्द्ररुहरु सुरु हुनेछन् । हालको अन्तरिक्ष केन्द्रको समयावधि सकिनु अगावै नासाले कुनै एक अन्तरिक्ष मोड्युल अन्तरिक्षमा पठाउने तयारी गरेको छ ।
अमेरिकी कानुन र प्रतिबन्धका कारण चीनले गत वर्षदेखि आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र निर्माण गरेको छ । यो वर्षको अन्तदेखि केन्द्र सञ्चालन हुँदैछ । रुसले पनि २०२५ बाट आईएसएस कार्यक्रमबाट फिर्ता भएर छुट्टै अन्तरिक्ष केन्द्र निर्माण गरेर सन् २०३० भित्रै सञ्चालन गर्ने तयारी गरेको छ ।