हतारमा हतारमा किन दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचे अमिताभले,यस्तो रहेछ खास कारण

Spread the love

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचेका छन् । भारतिय मिडियाका अनुसार अमिताभले दिल्लीमा पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बसेको घर २३ करोड भारुमा बेचेको बताइएको छ ।सोपान नाम को घर अमिताभले महंगो मूल्यमा किन बेचे भन्ने नखुलेको बताइएको छ । गुल्मोहर पार्कमा रहेको घरलाई अभ्नी बडेरले खरिद गरेका छन् ।

४१८ स्क्वायर मिटरमा फैलिएको घर अमिताभले गत वर्षको ७ डिसेम्बर मा बेचेका थिए ।अमिताभ मुम्बई आएपछि उनका माता–पिता पनि उनीसँगै आएका थिए । घर पुरानो भएकाले पनि अभ्नीले अब यसलाई नयाँ ढंगले तयार पार्नेछन् ।

अमिताभको मुम्बईमा समेत ४ ओटा घर रहेका छन् जस मध्य एउटामा मिताभ र उनको परिवार जलसामा बस्दै आएका छन् । यस्तै, अमिताभको दुबईमा पनि भिल्ला छ । कारोडौ सम्पतीका मालिक अमिताभले समाज सेवामा समेत आफ्नो रकम खर्च गर्दै आएका छन् ।