काठमाडौँ । सोनिका रोकायले पूर्व युवराज पारस शाहसंगको प्रेमका बारेमा खुला एकी छन् । उनले एक भिडियो सार्वजनिक गर्दै आफ्नो मनमा पा पउब्जिएको र पारससंग विवाहको प्रस्ताव राखेको बताएकी छन् ।
पार ससंग संगै हिड्दा आफुहरुको सम्बन्धलाई लिएर मानिसहरुले धेरै कुरा गरेको भन्दै आफुले पारससंग विवाहको प्रस्ताव राखेको सोनिकाले स्वीकार गरेकी छन् ।
उनले भनिन् मलाई पारसले परिवर्तन गराउनुभयो । पहिलाको सोनिकावाट अहिलेको सोनिका बनाउनुभयो । तर उहाँले मलाई एक चेलीको रुपमा हेर्नुहुँदो रहेछ । मेरो मनमा पाप पलायो । मैले नै पारसलाई मलाई बिवाह गर्नु भनेँ । तर पारसले यो हुन सक्दैन भन्नु भयो । त्यो कुरा मैले सहन सकिन । आफुलाई ५ दिन सम्म कोठामा थुनेर राखेँ ।
उनले त्यती’ बेला पनि आफुलाई बचाउन पारसले निकै सहयोग गरेको बताएकी छन् । कोठामा आफुले देह’त्या ग गर्ने कोशिष पनि गरेको उनले बताएकी छन् । त्यो ५ दिन म कसरी बसें त्यो मलाई नै थाहा छ । तर अहिले मैले आफुलाई बुझेकी छु ।
म गलत थिए । उनले भनिन् । सोनिका राजसंस्थाको पक्षमा खरो उत्रिएकी छन् । उनी कोरोनाको जो खिम सुरु भएसंगै आफ्नो गृहजिल्ला बझागं पुगेकी छन् । पारस विरामी भएको समाचार सार्वजनिक भएपछि निकै भावुक भएकी सोनिकाले फेरी एक पटक राजनीति कुरा गरेकी छन् । उनले पारसका बारेमा निकै बखान गरेकी छन् । उनले राजतन्त्र नै सकिए’पछि उनका बारेमा नकारात्मक कुरा नगर्न आग्रह गरेकी छन् । उनले पारसलाई बुझ्न सबैसंग आग्रह गरेकी छन् ।
उनले भनेकी छन्, उहाँ पागल भएको मैले आफ्नै आँखाले देखेकी छु । त्यत्रो राज:संस्था जाँदा उनमा के बितेको थियो होला ? कुनै मानिस प्रेममा धोका खाँदा त कति दुखी हुन्छ भने त्यती धेरै वर्ष राज गरेको राजतन्त्र जाँदा कस्तो भयो होला ? तर त्यो भावना कसैले बुझेन ।