पछिल्लो समय लोक दोहोरी गीतले धेरै नै फड्को मारेको छ्, अहिले लोक दोहोरी मन नपराउने सायद कमै होलान तेस्तै एक भाईरल गायिका हुन लक्ष्मी खड्का
जस्को घर धादिङ हो, र अहिलेको बसाई काठमाडौ हो । बिबिएस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले यता काठमाडौमा पढाईको शिलशिलामा छिन र उनले गित गाउदा सबैले उनलाई बिष्णु माझीको दोस्रो रुप पनि हुन भनेर भनिरहेका छन ।
सानैबाट गित गाउने शोक पालिरहेकी लक्ष्मीले प्राय बिष्णु माझीको गित धेरै गुनगुनाउने गरेको भन्छिन उनी । लगातार सुरिलो स्वरबाट सबैको मन जितेकी लक्ष्मीले टिकटकमा पनि एकाएक भाईरल भएर बिष्णु दिदीस“ग तुलना गरिदिएको भन्दै खुशी पनि छिन।
तेस्तै अर्का भाईरल बाल गायक सुप्रिम मल्ल ठकुरी र लक्ष्मी खड्का ले गाएको दोहोरी गीत हेर्न तर्फ लागौ
यो पनि-
प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहिचान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहोरी सबाल जवाफ गर्न सक्ने क्षमता नै उनको प्रशंसाको बलियो पक्ष बन्यो ।सामाजिक संजालमा उनलाई रुचाउने समर्थकहरुको सङ्ख्या दिनानु दिन बढ्दो छ । युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहोरीहरु सुन्न र हेर्न पाइन्छ । औपचारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ ।
इन्द्रेणी कार्यक्रममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लोकप्रिय मात्र बनाएन कलाकारका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो । उनको सरल जीवनशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्माहत हुने जस्ता गुणहरुले नै उनी करौडौ दर्शक श्रोताको ढुकढुकी बन्न पुगेकी हुन् । इन्द्रेणी कार्यक्रम मार्फत उनले आफ्नो गला र कलाको साहाराले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, असहाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुनर्जीवन दिने काम गरेकी छिन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय गायिका टिका सानुको अभिनय रहेको सिरियल कथा माइलीको भाग १६ आज भर्खर मात्र सार्बजनिक भएको छ