यो पनि-टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै सुनसरीको धरान उपमहानगरपालिका-४ मा पर्ने धरान-भेडेटार रोडको नौकिलो भन्ने स्थानको जंगलमाअर्को झोलामा शरीर पनि भेटिएको छ।
बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ । अन्दाजी ४०-४२ वर्ष उएरको जस्तो देखिने पुरुषको उक्त शबको पहिचान नभएको प्रहरीले जानकारी दिएको छ।
सडे गलेको अवस्थामा भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको र जाँचका लागि फरेन्सिक टोली खटाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए।
धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेका अनुसार, पूर्व नेपाल आर्मी खड्गबहादुर तामाङ र उनको पत्नी बुधबार दाउरा खोज्न जङ्गल जाँदा जे’ब्रा झो’लामा मान्छेको खु’ट्टा र टा’उको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उक्त घटनामा सङ्घीय प्रहरी कार्यालय धरानको तालिम प्राप्त कुकुर पनि लगेर अनुसन्धान थालिएको छ ।
यो पनि- काठमाडौको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ। एक जना महिला र एक पुरुषलाई बसले ठक्कर दिएको हो । बिहीबार बिहान मिनिबसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा एक पुरुष र एक महिला छन्। महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता संजिव शर्मा दासले दुई जनाको मृत्यु भएको जानकारी दिए। उनले भने,‘ एक जना मृतकको सनाखत हुन सकेको छैन। अनुसन्धान गर्दैछौं। ’ बालाजुको गंगा हल अगाडिको सडकमा बिहान ६ बजे बसको ठक्करबाट पैदलयात्रा गरिरहेका एक पुरुष र एक महिलाको मृत्यु भएको हो । मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ ।
बिहीबार बिहान दुई पैदल यात्रीलाई मिनिबसले बालाजुको गंगा फिल्म हल अगाडि ठक्कर दिएको ट्राफिक प्रहरीले बताएको छ। बाटो काट्ने क्रममा मिनिबसले पैदल यात्रीलाई ठ क्क र दिएको थियो। अर्का अन्दाजी ५०र५५ वर्षीया महिलाको भने सनाखत हुन बाँकी रहेको बताइएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको एसपी दासले जानकारी दिए । उनीहरुलाई ठक्कर दिएर बससहित चालक फरार भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै रुकुममा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भूमे गाउँपालिका-४ करालबगरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । चारजना घाइते भएका छन् ।
मङ्गलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुमकोटतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भूमे-८ का १९ वर्षीय सुनिल रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्र बानियाँले जानकारी दिनुभयो ।
रा१च ३२४५ नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका रोकाको उपचारका लागि दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घाइते हुनेमा ट्र्याक्टर चालकसहित चारजना रहेको छन् । प्रहरी निरीक्षक बानियाँका अनुसार अर्का भूमे-८ कै १९ वर्षीय सुन्दर रोकाको दाङमा उपचार भइरहेको छ ।
बाँकी तीनजनाको उपचार जिल्लास्थित अस्पतालमै भइरहेको बानियाँले बताउनुभयो । ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक बानियाँको भनाइ छ । ट्र्याक्टर सडकदेखि अन्दाजी ३०० मिटर तल खसेको थियो ।