काठमाडौ – सुन्तला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ ।यसको सेवन प्राय मानिसहरुले गरेको हुन्छन् । यो भिटामिन सि को भण्डार हो ।धेरै मानिसहरुलाई थाहा नहुन पनि सक्छ यसको गुदि मात्र होइन बोक्रा पनि उत्तिकै फाइदाजनक हुन्छ ।
भनेर सुन्तलाको बोक्राले अनुहार सुन्दर बनाउन काम समेत गर्दछ । कपाल एकदम खस्रो छ भने कपाललाई सुन्दर, चम्किलो ,स्ट्रेट बनाउका लागि सुन्तलाको बोक्रा लाभदायी हुन्छ । अनुहारमा दाग, धब्बा भएको छ भने सुन्तलाको बोक्रा पिधेर लगाउदा निकै लाभदायिक हुन्छ ।
अनुहारमा बढि चिल्लो छ भने सुन्तलाको बोक्रा पिँधेर त्यसमा बेसन मिसाएर अनुहारमा लगाउँदा अनुहारको चिल्लोपन हटेर जाने हुन्छ । साथैँ सुन्तलाको बोक्राको सेवनले क्यान्सर तथा हड्डीको समस्या भएकाहरुका लागि पनि फाइदा हुने गर्दछ ।