नेपालको राष्ट्रिय झन्डा चोरी

Spread the love

भक्तपुर, १० फागुन-भक्तपुर कप २०७८ फुटबल प्रतियोगिता भइरहेको भक्तपुरको महेश्वरी खेल मैदानबाट सोमबार राति नेपालको राष्ट्रिय झन्डा चोरी भएका छन् ।सोमबार साँंझसम्म रहेका झन्डै दुई दर्जन ठूल्ठूला राष्ट्रिय झन्डा मंगलबार बिहान हराएका हुन् । प्रतियोगिता स्थललाई आकर्षक बनाउनुका साथै राष्ट्रिय भावना अभिपे्ररित गर्न आयोजक भक्तपुर युवा टिम भक्तपुरले मैदानमा २० वटा झन्डा राखेका थिए । अहिले मञ्चमा दुईवटा झन्डा मात्रै बाँंकी छन् ।

मैदानको चारैतिरको बारमा डोरीले बाँंधेर राखेका १८ वटा झन्डा चोरी भएका हुन् । झन्डाका साथै विभिन्न खेलकुद प्रतियोगिताका लागि राखिएका अन्य विभिन्न सामान पनि चोरी भएको आयोजकले जनाएको छ ।

आयोजक भक्तपुर युवा टिमका सदस्य सुरेश कवांले प्रतियोगिता स्थललाई सभ्य र भव्य देखाउनुका साथै राष्ट्रिय भावना अभिपे्ररित गर्न राखिएका नेपालको राष्ट्रिय झन्डा चोरी हुनु दुःखद भएको बताए । झन्डा चोरमाथि कारबाही हुनुपर्ने उनको भनाइ छ ।

भक्तपुर नगरपालिका–७ स्थित महेश्वरी खेल मैदानमा ६ फागुनदेखि भक्तपुर कप फुटबल प्रतियोगिता भइराखेको छ । प्रतियोगिताअन्तर्गत मंगलबारदेखि क्वाटरफाइनलका खेल सुरु हुँंदै छन् । प्रतियोगिताको फाइनल १४ फागुनमा हुने आयोजकले जनाएको छ