काठमाडौं :
युक्रेनले रूसी आ’ क्र’ म ‘णको सा’म’ना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा १३७ जना भन्दा बढीले ज्या’ ‘न गु’मा ‘इ स’के’का छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सी’मानाका बि’न्दुहरूमा युक्रेन छि’रे’का छन्।
रूस र युक्रेनबीच विगत आठ वर्षदेखि ति’क्त’ता देखिँदै आएको छ। सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उ’थल’पु’थलको फाइ’दा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वी’पमा सैन्य नि’यन्त्र’ण का’यम गर्न थालेको थियो।
युक्रेनको सेना र रूसी समर्थित वि’द्रो’ही’बीच पूर्वी युक्रेन दाे’नबासमा भने कहिल्यै यु”द्ध स’माप्त भ’एन। यु’द्धमा अ’हिलेसम्म करिव १४ हजार मानिसहरूकाे मृत्यु भएकाे छ ।
को हुन् भोलोदिमिर जेलेन्स्की ?
भोलाेदिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनु अघि टिभीमा राष्ट्रपतिको भूमिका निभाएका थिए। सायद त्यतिबेला उनलाई थाहा थिएन कि एक दिन उनी वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछन्।
जेलेन्स्की त्यो समयमा अभिनेता र स्ट्यान्ड अप कमेडियन थिए। उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन्। उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाएका थिए।
यो समूहले टेलिभिजन कार्यक्रमहरू उत्पादन गरेको थियो। उनले आफ्नो एउटा कार्यक्रममा विद्यालय शिक्षकको भूमिका निभाएका थिए। सो कार्यक्रममा शिक्षक एक दिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने देखाइएको थियो।
सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए। जेलेन्स्कीको जीवन र करियर अन्य अन्तर्राष्ट्रिय नेताहरूको तुलनामा सामान्य छ।
उनले पदभार ग्रहण गरेपछि धेरै सं’क’टको सामना गर्नुपरेको छ। तर, उनले साहसका साथ यी सं’कटहरूको सामना गरिरहेका छन्। जेलेन्स्की विवाहित हुन् र उनकी पत्नीको नाम ओलेना जेलेन्स्की हो। दुबैका सन्तान पनि छन्।
उनले २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका उनी ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे।
राष्ट्रपति बनेदेखि जेलेन्स्कीको अमेरिकासँगको सम्बन्ध निकै राम्रो रहेको छ।
यद्यपि जेलेन्स्कीले राष्ट्रपति बनेपछि रूसी राष्ट्रपतिसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरे पनि सफल भएनन्। उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रूस समर्थक राजनीतिक समूहहरू विरु’द्ध क’डा कदम चालेका थिए।
यो पनि : एमाले अध्यक्ष ओलीको प्रश्नः प्रचण्ड मान्छे हुन् कि पुतली ?
एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए । पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि उनले चिनियाँ कथा सुनाए ।
चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न अघाएर डालीमा बस्दा निदाएछ । निदाउँदा उसले मान्छेको सपना देखेछ । युवा हुर्केर केटीसँग बिहे गरेछ । जागिर खाएछ, छोराछोरी भएछ । अनेक काम गर्दै गएछ । त्यतिबेलै पानीको थोपो परेछ र झल्याँस्स ब्युँझिएछ । अनि अघिको सपना रहेछ म त पुतली रहेछु भन्ने थाहा पायो । पुतली भयो फेरि उड्यो, अर्को पुतली भेट्यो । जिन्दगी रमाइलोसँग बित्दै थियो, फेरि श्रीमतीले छिटो उठ बुढा भनेर बोलाईछे । ऊ अलमलमा परेछ । म पुतली हो कि मान्छे ?
कथा सुनाएपछि ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सहि हो, कुन गलत हो ?’
उनले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको भन्दै एमालेको नीति भने सुनाएनन् । ‘एक सय ६५ भोट सरकारसँग छ । एमसीसी पास गर्ने भनेको छ,’ उनले भने, ‘एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन । एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाकधम्कीका पछि लाग्दैन । देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न सक्छ ।’
पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको खुलेर विरोध गरे । ‘नाम हेर्यो नेकपा माके, काम हेर्यो कांग्रेसको पुच्छर । नाम हेर्यो पार्टी फुटाएर एकीकृत, काम हेर्यो कांग्रेसका पछि लागेर समाजवादी । यो स्थितिमा हामी छौं,’ ब्यंग्यात्मक शैलीमा उनले थपे ।
अर्को एक प्रसंगमा ओलीले गठबन्धन कुनै अवस्थामा पनि नटुट्ने बताएका छन् । एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै ओलीले गठबन्धन कायम रहे पनि स्थानीय चुनावमा उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिए ।
‘यो गठबन्धन टुट्दैन, टुट्न हुँदैन । यो टुट्यो भने विचराहरू धुलोपिठो हुन्छ,’ उनले भने, हामी लड्न बोलाउँदा वान वाई वान होइन पाँचै दल आऊ भनेर बोलाउँछौं । ३० वैशाखमा उनीहरूलाई सात दिन नउठ्ने गरी पछार्छौं ।’ सरकारमा बस्नेहरुले नै कार्यकर्तालाई सडकमा उतारेर आफूविरुद्ध ढुं’गा हा’न्न लगाएको उनको आरोप छ ।
‘एमसीसी माग्ने झलनाथ खनाल हिँड्दा केही गर्दैनन् । एमसीसी पास गर्ने भन्ने कांग्रेसका नेताहरू हिँड्दा केही गर्दैनन् । माओवादीलाई केही गर्दैनन्,’ उनको दुखेसो छ, ‘म हिँ’ड्दा ढुं’गा ब’र्सा’उँछन् । कुरा बुझिँदैन र ?’
माधव नेपालले देउवालाई भेटेलगत्तै एकीकृत समाजवादीको बैठक सिंहदरबारमा
एकीकृत समाजवादीका शीर्ष नेताहरू अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी¬) बारे अनौपचारिक छलफलमा जुटेका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू एमसीसीबारे अनौपचारिक छलफलमा जुटेका हुन् । एकीकृत समाजवादी संसदमा एमसीसीको विपक्षमा उभिने बताउँदै आएको छ ।
शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गरेका थिए । बालुवाटारबाट फर्केपछि नेपालले आफ्नै पार्टीका शीर्ष नेताहरूसँग छलफल थालेका हुन् । प्रधानमन्त्री देउवाले एमालेको समर्थनमा भएपनि एमसीसी संसदबाट अनुमोदन गर्ने प्रयास गरेका छन् ।
एकीकृत समाजवादी र माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिँदा सत्तारुढ गठबन्धन टुट्ने खतरा बढेको छ । एमसीसीको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णयलाई पुनर्विचार गर्न कांग्रेसले आग्रह गरेको चर्चा भइरहेका बेला अध्यक्ष नेपालले देउवासँग छलफल सकेर आफ्नै पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका हुन् ।