गाेरखा । शहीद सप्ताहकाे पहिलाे दिनकाे अवसर पारेर आज गाेरखामा अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ । कार्यक्रममा ६० जनाले रक्तदान गरेकाे क्रान्तिकारी विद्यार्थी नेता अनिस कुमार अर्यालले जानकारी दिए ।
क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु पाण्डेकाे अध्यक्षतामा सुरु भएकाे कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश इञ्चार्ज हितराज पाण्डे लगायतका नेताहरुकाे सहभागिता रहेकाे थियाे ।
नेपाल रेडक्रस साेसाइटी गाेरखा जिल्ला शाखाकाे प्राविधिक सहयाेगमा रक्त सङ्कलन भएकाे थियाे । फागुन १४ गतेका दिन गाेरखाकाे ब्रम्हचारिणी आधारभूत विद्यालयका १४ वर्षिय बालक दिल बहादुर रम्तेलेकाे प्रहरीले गाेली हानी हत्या गरेकाे थियाे । फागुन १४ गते देखि २१ गते सम्म शहीद सप्ताह भरी शहीदहरुकाे सम्मानमा विभिन्न लाेकप्रिय कार्यक्रमहरु हुने गर्दछन् । पछिल्लाे समय काेराेना सङक्रमणका कारण रगतकाे अभाव भइरहेका बेला सामाजिक सँघ सँस्थाहरुकाे सामाजिक कार्य अन्तर्गत रक्तदान गर्न नेपाल रेडक्रस साेसाइटीले आग्रह समेत गर्दै आएकाे छ ।
यसैवीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा गरेका छन् । रम्तेलको स्मृतिमा आज काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा गरेका हुन् ।
अध्यक्ष प्रचण्डले बदलिंदो राजनीतिक परिस्थितिमा फरक ढङ्ले अघि बढेकाे र युद्ध नरोकिएको बताए । उनका अनुसार ‘युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो । युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । राजनीति भनेको रक्तपातहीन युद्ध हो । अहिले हामी रक्तपातहीन युद्धमा छौं । युद्ध सकिएको छैन । युद्ध रोकिएको छैन । खालि हामी हिंसामा छैनौं हामी । बन्दुक लिएका छैनौं हामीले । युद्ध त जारी छ ।’ राजनीति युद्ध पेचिलाे भन्दै गएका उनले बताएका छन् । सबै नागरिक एक भएर अघि बढ्न उनले आग्रह गरेका छन् । (मनासलुबाट)