काठमाडौं, १५ फागुनन – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पदाधिकारी मनोनयन गरेका छन् ।
अध्यक्ष थापाले आइतबार कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ, प्रवक्तामा बसन्त मानसिंह अधिकारी र सुरेश आचार्य तथा सहमहामन्त्रीहरुमा हिक्मत ढकाल, तेज कुरुङवाङ र आइतराम तामाङलाई मनोनयन गरेको प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए ।
यो पनि : प्रचण्डको ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको गम्भिर असहमति : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् ।
यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।
‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।
माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान माओवादीले लिएको थियो ।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको बिपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि माओवादीको आजको बैठकले ब्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो ।
‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ र गलत छ,’ श्रेष्ठले भनेका छन् ।