काठमाडौं १५ फागुन । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीको मतदानमा सहभागी नहुने भएका छन् ।
एमसीसी राष्ट्रको हितमा नभएको भन्दै आएका नेता खनाल मतदानमा सहभागी नहुने भएका हुन् । संसद बैठकबाट बाहिरिएलगत्तै खनालले एमसीसी छलफलमा सहभागी नहुने जनाएका थिए ।
सत्ता गठवन्धनबाटै केहि नेताहरुले भने एमसीसी विपक्षमा बोलिरहेका छन् ।