देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा चर्कियो । सोमवार संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र सामाजिक सञ्जाल तात्ने देखिन्छ ।
फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले कर णीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आ’त्म’सम’र्पण गरे ।
तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् । कति ती नाबालिग गायिकामाथि समेत खनिएका छन् ।
पलले आफूलाई फ’साउन खोजिएको भन्दै उजुरीको भोलिपल्ट आफ्नो निकटका साथीहरु : गायक दुर्गेश थापा, गायक तथा भिडियो निर्देशक सरोज ओली, पलका म्यानेजर कृष्ण जोशी र गायक सम्राट चौलागाईको नाम सहित आडियो सार्वजनिक गरे ।
त्यसको भोलिपल्ट ग्लालेक्सी फोर के टेलिभिजनको सिधा कुरा कार्यक्रममा पीडित युवतिले आफू कसैको उक्कासहटमा नआएको र आफू वास्तविक पि’डामा रहेको बताइन्।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, तनुहँले देशभरका प्रहरी कार्यक्रमा सर्कुलर जारी गरेको थियो।
पलले अडियो सार्वजनिक गरेपछि पलको गृहजिल्ला दाङमा पलले आफूलाई फसाउन खोज्नेहरुको नाममा परेका दुर्गेश थापा, सम्राट चौलागाई र सरोज ओली र पीडित किशोरीलाई बहिस्कार अभियान चलाइयो।
काठमाडौँमा पलका म्यानेजर कृष्ण जोशीले प्रहरीलाई सहयोग गर्ने भन्दै एक ठाउँमा बोलाएर पललाई अर्को ठाउँमा भगाईदिए। आफ्नो पनि फोन अफ गरेर लुकेर बसे।
पलका म्यानेजर कृष्ण जोशीले, पलको समर्थनमा लुकेकै अवस्थामा युट्युब च्यानललाई पलको पक्षमा अन्तर्वार्ता दिए।
यसै क्रममा माथिका घटनाक्रम सामाजिक संजालमा छताछुल्ल भएपछि पलले आरोप लगाएका दुर्गेश थापाले पनि पलले लगाएको आरोपको खण्डन गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत बल्ल आफ्ना आरोपको खण्डन गर्दै घटनाको बारेमा खुलाएका छन् ।
उनले लेखेको सामाजिक संजालमा जस्ताको तस्तै :
नाबालिग बालिकालाई ललाई फकाई गरी हेरचाह र ख्याल गरेजस्तो गरेर स्वार्थ पुरा गर्ने काम गरिएको रहेछ । स्वार्थ पुरा भएपछि बेवास्ता गर्न थालियो । निकटको सम्बन्ध विकट बन्यो । बालिका एकोहोरो भइन् । नजिक ठानेको मान्छेबाट धोका पाएपछि विक्षिप्त बनिन् । माया प्रेमको खोल ओढेर आफूमाथि शो’षण भएको स्पष्ट रूपमा महसुस गर्न थालिन् । दिनदिनै उनको मा’नसिक अवस्था कमजोर हुँदै गयो ।
बालिकाले धेरै पटक मुद्दा हाल्न कोसिस गरिन अरे, हामी सँगको भेटमा पलका म्यानेजरले त्यही बताएका थिए । मुद्दा हाल्न जाँदा विभिन्न बहाना बनाएर फेरि केश रोक्न लगाइन्थ्यो रे । फेसबुकमा एउटा कुरा बालिकाले पिडामा
लेखेर हालिन भने अर्को दिन त्यसलाई सफाइ दिन लगाएको सबैले देख्नु भएकै छ ।
१/२ महिना मिले जस्तो गर्ने फेरि बालिकालाई वास्ता नगर्ने अनि बालिका रुद्धै हिँड्न पर्ने अवस्था भएछ ।पीडाले थि’चि’एकी बालिकाले म्यानेजर सँग कुरा गरे पनि पल सँग मिलेर फकाउन खोजिन्थ्यो रे । पछि बालिकालाई विभिन्न बहानामा गा’ ‘ली गर्ने, बालिकालाई युट्युबमा हालेर तेरो बे’इ’ज्जत गर्दिने जस्ता कुराहरू गर्ने र बालिकालाई गा ‘ली बे’इज्जत गरेर ह’यारे’स’मेन्ट गर्ने जस्ता कार्यहरू भएछन ।
सहन सकुन्जेल सहिन् र नसकेपछि आफ्ना नजिकका व्यक्तिहरूसँग गुम्सिएको मनका व्यथा सुनाइन् । सुमधुर सम्बन्धबारे सुनाउन जति सजिलो छ त्यो भन्दा कयौँ गुणा गाह्रो छ टु’टेको सम्बन्ध र समस्याबारे कुरा गर्न । कलिलो दिमागलाई शायद बिग्रँदो सम्बन्धले झन्झन् कमजोर बनायो । त्यसैले उनी लगभग डि’प्रेस’नमा पुगिन् ।
उदाउँदो भविष्य अन्धकार देख्न थालिन् । त्यो अन्धकार भित्रबाट पनि उज्यालोको झिनो आशा बोकेर म लगायत उनले आफ्नो नजिक मानेका व्यक्तिहरूसँग आफ्नो पि’डा सुनाइन् र हामीबाट सहयोगको अपेक्षा गरिन् । शायद अभिभावक सोचेर होला किनकि म पल शाह जसले पिडा दियो, ऊसँग पनि उत्तिकै निकट थिएँ । तर पलले यो विषयलाई गम्भीरतापूर्वक लिएनन् ।
नाबालिकाको पि’डा अलिकति पनि महसुस गर्न सकेनन्/गरेनन् भन्ने हामीलाई लाग्यो । यही क्रममा मैले बालिकाले आफ्नै ज्या’न फा’ल्ने जस्तो कुनै गलत कदम नलिओस् भनेर उसलाई सहयोग गर्ने सोच बनाएँ । जसले हामी बिचको राम्रो सम्बन्धमा झन् झन् द’रार आउन थाल्यो ।
मैले पीडित बालिकालाई बहिनी सम्झी सहयोग गर्ने अठोट गरेँ । हामीले गरेको छलफलमा बालिकाले आफ्नो पि’डा पनि सुनाएकी थिइन् । त्यो क्रममा हामीले उनलाई धेरै सम्झाएका छौ जुन कुरा सार्वजनिक भएको अडियो बाट हटाइ सुनियोजित बनाएका रहेछन् ।
अरू नै कसैसँग भएको रकम लेनदेनको कुरा समेत मिसाएर भ्रम पैदा गर्न खोजिएको छ ।सार्वजनिक अडियो (पैसा लेनदेन) को छलफलमा म उपस्थित पनि थिएन ।अडियो मा पललाइ झोला बोकाएर फिर्ता दाङ पठाउँछु भनिएको छ त्यो मेरो आवाज नभै स्वयम पलका म्यानेजर कृष्ण जोशीको हो ।
त्यसपछि यो विषयमा म कहीँ कतै संलगन नरहेको सबैमा जानकारीका लागि अनुरोध छ ।भेटघाट कुनै षडयन्त्र गर्न होइन उनीहरू बिच भएका समस्याको समाधान खोज्नका खातिर मात्र भएको थियो । जुन अडियो सार्वजनिक भयो त्यो करिब करिब ७ महिना पहिलेको हो ।
पीडित नाबालिकाको आरोप ग’म्भीर रहेकाले त्यो बारे बुझ्न पल सँग बुझ्न खोज्दा हामीलाई नै उनले दुस्मन ठाने । पलसँगको सम्बन्ध जोगाउन हामीले एउटा बहिनी समानकी बालिका माथि भएको अन्यायलाई तिलाञ्जली दिन सकेनौँ । उनलाई न्यायका लागि ल’ड्न आँट र भरोसा दियौँ ।
यसलाई उनले आफू विरुद्धको जालझेल सम्झे ।प्रहरीमा पल विरुद्ध जाहेरी परेपछि लगभग ७ महिना पुरानो अडियो लाई
सार्वजनिक गर्दै पब्लिक सेन्टिमेन्ट जित्ने अस्त्र बनाइयो । जसले त्यी नाबालिकालाई न्यायको खोजी गर्नुपर्छ भन्नेहरूको पत्ता साफ गर्ने आशय राखियो ।
आफू विरुद्ध रहेका म्यानेजर कृष्ण जोशीलाई विभिन्न प्रलोभनमा पारेर हाम्रो विरुद्धमा बोल्न लगाइयो । जबकि केही महिना अगाडी पलले आफ्नो म्यानेजर लाइ ह’टाएका थिए ।सायद यसरी अस्त्रको रूपमा प्रयोग गर्न पाइन्छ भनेर होला उनैलाई पुन म्यानेजर बनाएर काममा राखियो । तपाईँहरू आफै बुद्धिजीवी हुनुहुन्छ आफै बुझ्नुहोला किन त्यसो गरिएको रहेछ भनेर !
ज्या’न समेत लिने योजना बनाएको कपोलकल्पित कथा बुनेर मिडियामा उसलाई सार्वजनिक गराइयो । यस्ता विभिन्न हत कन्डा अपनाएर प्रहरीले छानबिन गर्नुपर्ने विषयलाई सामाजिक सञ्जालमा गिजोल्नुसम्म गिजोलियो। पीडितको पक्षमा रहेका हामीलाई फसाई आफू उम्कन अनेक योजना बुनियो ।
हामी न्यायको पक्षमा छौँ । जसको छानबिन प्रहरीले गर्नेछ र अदालतले अवश्य न्यायको पक्षमा अन्तिम निर्णय सुनाउनेछ भन्ने अपेक्षा मा बसेका छौ ।हामीले हाम्रो तर्फबाट कानुनलाई सघाउनु पर्ने हरेक ठाउँमा जिम्मेवार नागरिकको हैसियतमा सघाउन तत्पर छौ ।तपाईँहरूले दिएको ता’लि र गा’ली सबै स्वीकार्य छ ।
उनले स्टाटस लेखेको कमेन्टमा एक अभियान्ता सरु सुनारले दुर्गेशलाई नारिको अपमान गर्नेले नारीको सम्मान गर्छु भन्न लाजलाग्दैन भन्दै थापालाई प्रश्न गरेकी छन् । दुर्गेश थापाको स्टाटसमा उनले कमेन्ट गर्दै लेखेकी छन् :
छि लाज मान्नुस दुर्गेस जि तपाईंको गितमा नारीलाई कति संमान गर्नु भएको छ ? नेपाली नारिका सुन्दर पहिरन सारी चोलिलाइ गिज्याएर भिर्दै ख्यास्स पुतली भन्दै नारिको स’बेदन’शिल अगलाई गितमा गलत ( मु….) भनी गित गाउने गतिछाडा गाएक हो तपाईं अझै नारिको अधिकार र इज्जतको कुरा गर्ने ?
तपाईंले गाएका र अभिनय गरेका गितमा नारीलाई पैसा , नसाको रूपमा दाजेर अ’स्लि’ल गित गाएर नारी इ’ज्यतको ध’ज्जी उ’डाउनेले खुब आदर्श छाटनु भए छ । तपाईंको गित र अभिनयबाट नारीलाई समान गर्नु भएको छ ?
आजसम्म तपाईलाई यस्ता गित गाउदा पनि नारी अधिकारकर्मी हरु चुप बसेर हो तपाईं धेरै उम्लेको ? तपाईंको युटुब च्यानललाई सबैले सस्क्राइब र हेरेर नै आज दुर्गेस थापा भएको हो । आज सस्क्राइब गर्नेले अन सस्क्राइब नि गर्छन् हेक्का रहोस् तपाईं जस्तो गति छा’डा गाएकले नारी अधिकारको कुरा नगरेको ठिक ।
यस्तै उनकै पोष्टमा कमेन्ट गर्दै रिहित शाही ठकुरी लेख्छन् : मान्छेको चरित्र व्यबहार चिन्न निकै समय र निकै कठिनाइ पनि हुन्छ? नजिक साथी हुदा चिल्ला कुरा गर्ने,अरुसङ्ग भित्रभित्र मेलमिलाप भै साथिकै नाममा र पछाडी बोलिको छुरा हान्ने कहाँ सम्मको चरित्र रैछ त्यहा स्पष्ट भएकै छ।
जन्मदिनको शुभकामना पलले गर्दियन भनेर के कस्ता अ’श्लि’ल शब्द पर्योग भयका छन सबै जन्ताले सुनेकै छन। एक सेलिब्रेटी भैसकेको मान्छेले आफ्नो इज्जत माथी खोट र चो’ट लाग्न सक्छ भनेर आफै भित्र नियालेर पनि हेर्नुपर्ने यकपटक,हरेक प्रमाणहरु जन्ता समक्ष आइपुगेपछी सबै कुरा बुझिसकेपछी उ आफैमा पनि अन्धभक्त हुन सक्दैन।
गल्ती कस्को छ भनेर एक अदालतले मात्र छुट्याउने होइन यसरिनै प्रमाण सामाजिक सन्जालमा आयसी निश्पक्ष तरिकाले अदालत भन्दानी न्यायाधीश जन्ता बन्न
सक्छन। पलको जसरिनै हरेक प्रमाण सामाजिक सन्जालमा भाइरल भय जस्तै अरुकोनी यसरी सामाजिक सन्जालमा देख्न पाइयो भने गल्ती बिना दोषी सम्मान ठहरियका निर्दोषले पनि पक्कै न्याय पाउने छन।
यस्तै राज मगर लेख्छन् : मलाई लाग्छ कलाकार भनेको देशको गहना हुन सबै को सम्मान गर्नुपर्छ। गल्ति केही पल,अनि दुर्गेश बात पनि भएको होला। हावा न चलि पात हल्लिन होला सायद त्यसैले हामी बिचमा नबोल्दा नै राम्रो होला। कानुन भन्दा ठुलो केही छैन। पक्कै पनि दोषिलाई सजाय अनि निर्दोष लाई उन्मुख पाउनेछ।
त्यस्तै महेश ज्ञवाली लेख्छन : यथार्थ यहीं हो दुर्गेश ले व्यक्तिगत दुश्मनी सांध्न बैनी को प्रयोग गर्यो, पल ले आफ्नो चाहना पुरा गर्न ऊनको प्रयोग गर्यो । फेरी आफ्नो लागी सेन्टीमेन्ट बटुल्न फेरी तिनै माथी पिडा थपीदियो ।। अरु यता ऊता घटना जता मोडेपनि चारै तिर बाट पिडीत बन्न पुगीन गायिका बहिनि ।