धर्ममा आस्था राख्ने हिन्दुहरुले शास्त्रीय नियम कानुनलाई उलंघन गर्न कदापी सक्दैनन्। जीवनमा सुख शान्ती र आनन्द प्राप्ती गर्नको लागि शास्त्रले थुप्रै खालका नियमहरु सिकाएको हुन्छ। जसको पालना गर्दा मान्छे जीवनमा सधै खुसी र सुखी हुन्छ।गीतापैसमा उल्लेख गरिएको गरुड पुराणको संक्षिप्त नियममा पनि मानव जीवनमा अति आवश्यक पर्ने नियमहरु सिकाएको हुन्छ। त्यस्तै गरुड पुराणमा उल्लेख गरिएको चार काम जुन अपूरो छोड्दा जीवनमा भोग्नु पर्ने समस्याको बारेमा बताइएको छ। हेरौँ के के हुन् त ती कामहरु :
ऋण चुक्ताः यदि तपाईले कहि कतै बाट ऋण लिनुभएको छ भने त्यो पैसा जसरी भएपनि तिर्नु पर्ने हुन्छ। यदि तपाईले ल्याएको ऋण तिनै नसक्दा व्याजको कारण जीवनमा थप समस्या उत्पन्न हुन्छ। यदि आफन्तसँग लिएको उधारो वा ऋण चुक्ता गर्न सकेन् भने आफन्तसँगको सम्बन्धमा दरार उत्पन्न हुन्छबिरामीको उपचारः यदि कुनै रोगको बिरामी उपचार गर्न जान्छ भने त्यस्तो ब्यक्तिको उपचारको लागि आवश्यक परामर्शबाट जरैदेखि निमूल पार्न सक्नुपर्छ।
जुन व्यत्ति, उपचारबाट पुर्ण स्वस्थ बन्न सक्दैन् त्यस्तो ब्यक्तिलाई उक्त समस्याले पटक पटक सताउन सक्छ। त्यस कारण जुनसुकै रोग भएपनि बिरामीको उपचार गर्दा पुर्ण रुपमा निर्मूल पार्ने गरेर मात्र उपचार गर्नुपर्दछ।आगो निभाउनुः कुनै ठाउँमा आगो लागेको छ भने त्यसलाई पुर्ण रुपमा भिजाएर मात्र छोड्पर्छ यदि कतै सानो आगोको झिका मात्रै बाँकी रह्यो भने त्यो सानो आगोको झिल्कोले नै ठूलो रुप लिन्छ र धेरै धनजनको क्ष’ति गर्छ।शत्रुता : यदि कोही मानिसले तपाईलाई बारम्बार दुख दिन्छ भने त्यसलाई कुनै न कुनै उपाय ल’गाएर भएपनि सक्नै पर्छ। यदि त्यसो गर्न सकिएन भने आफ्नो सफलतामा उन सधै बाधा बनेर आउने गर्छ।
यसैगरी धार्मिकशास्त्र अनुसार जीवनमा आउने सारा कष्ट र संकट निवारणका लागी हनुमानको आरधना गर्नुपर्ने उल्लेख छ । जीवन कल्याण र दुखः नाश गर्न हनुमानको आरधनालाई महत्वपुर्ण मानिन्छ । शनिवार र मंगलवार मात्र एक कार्य गरेमा हनुमानको आशीर्वाद पाउने गरिन्छ । बजरंगबली हनुमानलाई सिन्दुर अति प्रिय छ । त्यसैले हनुमानलाई प्रसन्न गर्ने सबैभन्दा उत्तम उपाय हो, हनुमानलाई सिन्दूर चढाउनु । त्यसैले हनुमानलाई सिन्दूर अर्पण गरी सिन्दुरकै लेप लगाउनु अत्यन्त शुभ मानिन्छ ।
धार्मिक मान्यतामा सिन्दूरको महत्व:हिन्दू धर्ममा सिम्रिक रंगको सिन्दूरलाई अत्यधिक महत्वका साथ हेरिन्छ । सिन्दूरको प्रयोगले दाम्पत्य जीवनको शुरुवात गर्ने वा विवाहपछि पनि सौभाग्य बनाइ राख्ने विश्वास गरिन्छ। महिलाले यसलाई सौभाग्य प्रतिकका रुपमा श्रृंगारमा प्रयोग गर्दछन् । साथै मंगल ग्रहसंग सिन्दुरको बिषय जोडिएको छ । त्यसैले सिन्दुरलाई मंगलकारी मानिन्छ ।
पौराणिक कथा अनुसार रामायणमा सीताले आफ्नो शिरमा सिन्दुर धारण गरेको देखेपछि हनुमानले सिन्दूर लगाउनुको कारणबारे सोधेका थिए । जहाँ जनक पुत्रि सिताले सिन्दुरको धारण गर्नाले प्रभु श्रीराम प्रसन्न हुने बताएकी थिइन् । त्यसपछि प्रभु श्रीराम भक्त हनुमानले आफ्नो पुरै शरीरमा सिन्दुरको लेप धारण गरेका थिए । मान्यता अनुसार सोहि बेलाबाट हनुमानलाई सिन्दुर अति प्रिय मानिन्छ ।
हनुमानलाई सिन्दूर चढाउने नियम:यदि तपाई लामो समयबाट कुनै तनाव वा समस्यामा हुनुहुन्छ भने हरेक शनिवार र मंगलवारको दिन नुहाएर हनुमानको स्मरण गर्दै सफा वस्त्र धारण गर्ने । त्यसपछि हनुमानको प्रतिमालाई गंगाजलले स्नान गराउने । त्यसपछि हनुमानको मुर्ति वा चित्रको सामु सिन्दूर अर्पण गर्ने । यसो गर्नाले मानिसका सारा दुखः, कष्ट तथा तनावहरु हटेर जाने धार्मिक मान्यता छ । हनुमानजीलाई प्रसन्न गराउन सिन्दुर अर्पण गर्नुका साथै सिन्दुर कै लेप लगाउने गर्नुपर्दछ ।
यदि मंगलले बाधा दिएको छ वा कुनै संकट बारम्बार आइरहेको छ भने चमेलीको तेल र सिन्दूर अर्पण गर्नुपर्दछ । पुरुषले हनुमानलाई सिन्दूर अर्पण गर्न सक्छन् तर मान्यता अनुसार महिलाले हनुमानलाई सिन्दूर अर्पण गर्नु हुदैन । यदि पटकपटक जागिरबाट हात धुनु परेको छ वा जागिरमा समस्या आइरहेको छ भने मंगलवारको दिन हनुमानको प्रतिमाको चरणमा सिन्दूर दान गर्नुपर्दछ ।त्यसपछि सेतो कपडा वा कागजमा सोहि सिन्दुरलाई हनुमान प्रतिमाको सामु स्वस्तिकको चिन्ह बनाएर हनुमानको आरधना गर्नुपर्दछ । यसो गर्ने मानवको सबै समस्या हट्ने धार्मिक विश्वास छ ।
हिन्दुशास्त्रमा तुलसीको महत्व थाह छ ?हिन्दु धर्म तथा शास्त्रको मान्यताअनुसार पवित्र मानिने अनेकौँ वस्तुहरूमध्ये तुलसीलाई सबैभन्दा पवित्र वृक्षको रूपमा लिइदै आएको पाईन्छ ।साथै तुलसीलाई त्रीमूर्तीदेव विष्णु भगवानको अवतार भएको पनि विष्णु पुराण र श्रीस्वस्थानीमा बताइएको छ । ‘जुन घरमा तुलसीको मोठ छ, त्यो घर एकदमै पवित्र हुन्छ, त्यहाँ कुनै रोगव्याधले सताउँदैन अनि त्यहाँ मृत्युदेव यमराज आउन सक्दैन’ भन्ने हिन्दु धर्मावलम्बीहरूको विश्वास रहेको छ ।नेपाल र भारत लगायतका देशहरु जहाँ हिन्दु मन्दिरको परिसरमा तुलसीको मोठ देख्न सकिन्छ । किनभने यसको पातलाई हिन्दु देव र देवीहरूलाई चढाउनको लागि पवित्र मानिन्छ-विशेष गरी ‘विष्णु भगवान’को लागि अत्यन्तै पबित्र मानिएको छ ।
आयुर्वेद शास्त्रमा पनि तुलसीको पात तथा बिरुवा लाई ठूलो महत्व को रुपमा लिइदै आएको पाइन्छ । आयुर्वेद र प्राकृतिक चिकित्साशास्त्रका अनुसार यसले रुघाखोकी, टाउको दुख्ने, टन्सिल हुने जस्ता समस्याबाट राहत दिएको प्रसस्तै उदाहरणहरु देख्न सकिन्छ ।विज्ञानलाई नै आधार मानेर कुरा गर्ने हो भने पनि तुलसीको बोटले अन्य वृक्षले भन्दा बढि कार्बनडाइअक्साइड लिने र अक्सिजन फ्याँक्ने गर्दछ । त्यसैले नै घरको आँगनमा तुलसी रोप्नु धार्मिक र स्वास्थ्य पक्षबाट शुभ मानिएको छ ।
तर, सावधान ! धेरैले तुलसीको पातको गलत प्रयोग गरिरहेका हुन्छन् । जान्नुहोस्, तुलसीको पातलाई के गर्नुहुँदैन ।धार्मिक र वैज्ञानिक कारणहरु :चपाउने काम कहिल्यै नगर्नुहोस् ।शास्त्र तथा कुनै कानीमा पनि सुन्नुभएकै होला- ‘तुलसीको पात कहिल्यै पनि चपाउनुहुँदैन, पाप लाग्छ ।’अब धार्मिक पक्षबाट हेर्ने हो भने, तुलसीलाई विष्णु भगवानको स्वरूप मानिन्छ र यसको पातलाई दाँतले चपाउनु विष्णु भगवानको अपमान गरेको हुन्छ, भन्ने कुरा शास्त्र तथा बिभिन्न ग्रन्थहरुमा उल्लेख गरेको पाईन्छ ।
वैज्ञानिक पक्षबाट हेर्ने हो भने, तुलसीको पातमा एक प्रकारको रसायन हुन्छ जसले हाम्रो दाँतमा भएको क्याल्सियमलाई सोस्ने काम गर्छ । त्यसैले यसलाई चपाउनु एकदमै हानीकारक मानिन्छ ।धर्मले उल्लेख गरेका कुराहरु बिज्ञानले पनी प्रमाणित गरेको छ । त्यसैले तुलसीको पात खानुपरेमा नचपाई पानीसँग निल्नु सबैभन्दा लाभदायी मानिन्छ र पाप पनि लाग्दैन । साथै बैज्ञानिक दृश्टीकोणबाट पनि स्वस्थकर मानिएको छ ।
शिबलिंगमा कहिले चढाउन नहुने:स्वस्थानि बर्तकथामा उल्लेख गरेअनुसार तथा हिन्दु धर्मका ग्रन्थअनुसार, शक्तिशाली असुर जालन्धरकी पत्नी ‘वृन्दा’ को वास्तविक रूप तुलसी हो । अनि जबसम्म वृन्दाको पतिव्रत धर्म चोखो र शुद्ध रहिरहन्छ, तबसम्म जालन्धरलाई कसैले पनि हराउन सक्दैन र अमर रहिरहन्छ ।धेरै समय अधी भगवान शिवलाई हराउन भनेर जालन्धरले शिवसँग युद्ध गर्न जाँदा सबै देवताहरू जालन्धरको अमर शक्तिबाट हैरान परेका थिए । त्यसैबेला भगवान विष्णुले छलकपट गरी वृन्दाको पतिव्रत धर्म लुटिदिन्छन् र शिवजीले जालन्धरलाई हराउन सफल भएका थिए ।
भगवान विष्णुको यस्तो छलकपटबाट क्रोधित वृन्दाले विष्णुलाई तुलसी वृक्षको रूप लिनुपरोस् भनेर श्राप दिएकी थिइन् र आफ्नो पति जालन्धरको वध गरेको हुनाले शिवजीलाई कहिल्यै पनि तुलसीको पवित्र पात नचढोस् भनेर श्राप दिएकी थिइन् ।यसकारण नै शिवलिङ्गमा तुलसीको पात चढाउनु अनर्थ मानिएको शास्त्रमा उल्लेख गरिएको छ ।यस्ता तुलसीको पात टिप्नु अशुभ मानिन्छ ।हिन्दू शास्त्रको मान्यता अनुसार आइतबारको दिन, एकादशीको दिन अनि सूर्य ग्रहण लागेको दिनमा कहिल्यै पनि तुलसीको पात टिप्नुहुँदैन
भन्ने हिन्दु धर्ममा विश्वास रहंदै आएको छ ।किनभने, शिवजीले जालन्धरलाई हराएको दिन पनि आइतबार थियो, त्यस दिनमा एकादशी परेको थियो र साथै सूर्य ग्रहण पनि लागेको थियो। त्यसैले यी दिनहरूमा तुलसीको पात टिप्नु भनेको वृन्दाको सतिहरण गरेसरह हुने र पात टिप्ने व्यक्तिको जीवनमा कहिल्यै पनि शुभ-शान्ती नआउने विश्वास गरिन्छ।भगवान गणेशले पनि मन पराउदैनन् तुलसीसत्ययुगको समयमा जब युवती वृन्दा जङ्गलमा चाहार्दै थिइन्, तब उनले गणेश देवले ध्यान गरिरहेको देखेकी थिइन् । गणेशको सुन्दरता र गहिरो ध्यानको प्रभावले गर्दा वृन्दा मोहित भइन् र तुरुन्तै गणेशसँग विवाह गर्ने प्रस्थाव राखिन् ।
भगवान गणेसको तर्कमा आफू ब्रह्मकुमार भएको र त्यसैले गर्दा विवाह गर्न नहुने बताउँदै गणेशले वृन्दाको विवाह प्रस्तावलाई अस्वीकार गरेपछि वृन्दा क्रोधित भएकी थिइन् । क्रोधमै अन्धि बनेर उनले गणेशलाई आफ्नो ब्रह्मकुमारको प्रतिज्ञा तोडेर विवाह गर्नुपरोस् भनेर श्राप दिएकी थिइन् ।उनको यस्तो तर्कहीन श्रापले गर्दा गणेश पनि क्रोधित भएर वृन्दालाई ‘चाँडै नै विवाह गर्नुपरोस्, त्यो पनि दैत्यसँग । त्यसपछि श्रापको कारण नश्वर
थिइन् । वृन्दाको क्षमा याचना देखि प्रसन्न भई गणेश भगवानले उनको श्रापलाई कम गरीदिएका थिए ‘नश्वर संसारमा जुन वृक्ष भएर जन्म लिन्छौ, त्यस वृक्ष एकदमै पवित्र होस्।तर मेरो पूजा गर्दा तिम्रो पात चढाउन नहोस् ।’त्यसकारण नै गणेशको पूजा गर्दा तुलसीको पात चढाउनु अशुभ मानिन्छ र पूजाको फल पनि नपाइने हिन्दु धर्ममा विश्वास रहंंदै आएको छ ।
घरभित्र तुलसी रोप्नु अशुभ:विभिन्न धर्मग्रन्थका अनुसार, जालन्धरको मृत्युपश्चात विष्णुले वृन्दालाई आफ्नी शखीको रूपमा मानेका थिए । अनि वृन्दाले आफूलाई पनि उनकै साथ लैजान विष्णुसँग आग्रह पनि गरेकी थिइन् भन्ने कुरा शास्त्रमा उल्लेख गरेको छ । तर विष्णुले अस्वीकार गर्दै भने- “मेरी धर्मपत्नी लक्ष्मी हुन् तर मेरो तिमी सदा मेरो हृदयमा हुनेछौ । त्यसपश्चात वृन्दाले विष्णुको घरबाहिर आँगनमा बस्न पाउने आग्रह गरिन्, जुनलाई विष्णुले स्वीकार गरेका थिए ।
त्यसकारण नै विष्णु र वृन्दारूपी तुलसीको मोठलाई घरबाहिर राख्नुपर्ने, घरभित्र राख्दा अशुभ हुने विश्वास परापूर्वकाल देखी नै रहँदै आएको छ ।तर कतिपय ठाउँमा मानिसहरूले आफ्नो सहजताको लागि तुलसीको मोठलाई घरको छतमा राखेको पाइन्छ । घरको छतलाई पनि घरभित्रकै परिसर मानिने हुनाले यसो गर्न हुँदैन । जहिले पनि तुलसीको मोठलाई घरबाहिर नै राख्नुपर्दछ ।