फागुन-२०, काठमाडौं । नेकपा(एमाले)को बैचारिक नेतृत्वमा सञ्चालित स्वायत्त जनवर्गीय संगठन मध्येको प्रेस र मिडिया क्षेत्रको महत्त्वपूर्ण, प्रभावशाली र मुलप्रवाह संगठन ‘प्रेस चौतारी नेपाल’ गण्डकी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा इन्द्र प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । पौडेलको नेतृत्वमा उपाध्यक्षमा उमाकान्त शर्मा, महिला उपाध्यक्षमा रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुबेदी, गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे सहित सदस्यमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, डिलबहादुर विक, राजन पौडेल, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्दव कुमाल, कुमार पौडेल, बसन्त अधिकारी, सागर गिरी, राजकुमार श्रेष्ठ, ध्रुवराज सुवेदी, मदन तिमिल्सिना, शर्मिाला विक, राजन उपाध्याय, युवराज गुरुङ, खिमा गुरुङ, सृजना वराल, गणेश श्रेष्ठ, राजन खरेल, निरज थकाली, दिपक पौडेल, राजाराम पौडेल, अनुज अधिकारी, कृष्णराज अचार्य, लक्ष्मीनारायण देवकोटा, निर्भिक नारायण भुर्तेल र कृष्ण कंडेल चयन भएका छन् ।
चौतारीको राष्ट्रिय महाधिबेशन फागुन २७ र २८ गते पोखरामा हुँदैछ ।