काठमाडौं :
नाबालिग किशोरीलाई करणी गरेको आरोपमा पक्राउ परेका कलाकार पल शाह अहिले दमौलीस्थित जिल्ला प्रहरी कार्यालय तनहुँको न्यायिक हिरासतमा छन्। फरार भएको चार दिनपछि आफैं प्रहरी सम्पर्कमा पुगेर आत्मसम्पर्ण गरेका थिए । प्रहरीसमक्ष आत्मसर्मपण गर्नुअघि पलले एक भिडियो सार्वजनिक गर्दै प्रहरीसँग एकपटक दर्शकसँग आफ्नो फिल्म हेर्ने प्रबन्ध मिलाइदिन अनुरोध गरेका थिए।
पलविरुद्ध परेको जाहेरीमा उनले विभिन्न स्थानमा गरेको यौ’न शो’षण मितिसहित उल्लेख गरिएको छ। पीडित परिवारले गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा दिएको जाहेरीमा विगत तीन महिनादेखि छोरीले काममा मन नलगाएर एकोहोरो बस्न थालेपछि त्यसको कारण खोतल्दै जाँदा पल शाहले देखावटी मायाप्रेमको बहाना गर्दै जबरजस्ती करणी गरेको उल्लेख छ।
गत वैशाख १४ गते पोखराको एक घरमा रहेका बेला पलले मदिराको तालमा ती नाबालिग बसेको कोठामा गएर ललाईफकाई ‘बिहे गर्छु, धोका दिन्न’ भन्ने विश्वास दिलाई असहमति हुँदाहुँदै जबरजस्ती करणी गरेको आरोप र चैत ७ गते गैँडाकोट रिसोर्टमा पटकपटक ज’ब’रज’स्ती क’र’णी गरेको आरोप छ।
अभिनेता पलले प्रेमको जालो बिछ्याएर ती नाबालिगको भावना र शरीरसँग खेल्दै आएको सार्वजनिक भएको उनीहरुको फोन संवादमा स्पष्टै सुन्न सकिन्छ । ‘यो कच्चा उमेरमा सजिलै अरुको ललाईफकाईमा लाग्न लाग्न सक्छन ‘आफूले गरेको काम ठीक हो वा होइन भनेर निर्णय गर्ने अवस्थामा हुँदैनन् ।
त्यसैले यो संवेदनशील उमेरमा उनीहरु अरुको बहकाउमा सजिलै लाग्न सक्छन् ।’ कानुनले १८ वर्षभन्दा कम उमेरकालाई नाबालिग भनी परिभाषित गरेको छ, जो मानसिक एवं भावनात्मक रुपले आफ्नो प्रतिरक्षा गर्न सक्ने अवस्थाका हुँदैनन् ।
पलले अनेकन् बहाना बनाई आफूमाथि यौ’नशोषण गरेको पीडितले बताएकी छिन् । त्यति मात्र होइन यात्राका क्रममा पनि उनीमाथि पलले शारीरिक दु’र्व्य’वहार गरेको उनको भनाइ छ । पल र नाबालिगबीच भएको एक अडियो संवादमा पलले विवाहको प्रस्ताव अस्वीकार गर्दै भनेका छन्, ‘यदि मेरो कारणले प्रेग्नेन्ट भएको भए चाहिं यो कुरा (विवाह) भन्न मिल्थ्यो ।’