गर्व गर्न लायक वडा अध्यक्ष जसले आफ्नो सेवासुविधा सामाजिक काममा खर्च गरे

Spread the love

मुगु – राजनिती नेताहरुको कमाई खाने भाडो हो भनेर जताततैबाट नेताहरुको आलोचना भैरहेका बेला हिलोमा पनि गुलावको फुल फुल्छ भनेझै यहि राजनिती भित्र पनि केहि यस्ता व्यक्तिहरु पनि छन जो राजनितीलाई जनताको सेवाको रुपमा लिने गर्दछन । फोहोरको डंगुरमा गुलाव ओझेलमा परेर झै यस्ता व्यक्तिहरु मात्र ओझेलमा पदै आएका छन ।राजनितीलाई कमाईको भन्दा सेवाको रुपमा लिने नेताका रुपमा लिने जनप्रतिनिधीहरु मध्यका एक हुन मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष विष्णु कुमार भाम ।

नेपाली काँगे्रसको तर्फबाट २०७४ सालको स्थानिय निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार भै निर्वाचित भामले निर्वाचित भए लगतै आफनो ५ वर्षे कार्यकालमा राज्यबाट प्राप्त हुने सेवा सुविधा जनताको सेवामा खर्च गर्ने भनेर पत्रकार सम्मेलन गरि सार्वजनिक गर्नु भएको थियो ।स्थानिय जनप्रतिनिधीहरुको ५ वर्षे पदावधी सकिनै लाग्दा शुक्रबार आफुले गरेका जनसेवाहरुको सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरि अध्यक्ष भामले आफुले गरेका जनसेवामुखि कामहरु सार्वजनिक गर्नु भएको छ ।

वडा अध्यक्ष पद सम्हाले देखि शुक्रबारसम्म नगरसभा बैठक भत्ता ७० हजार,मार्षिक तलव ३१ महिनाको प्रतिमहिना २२ हजारका दरले ६ लाख ८२ हजार,वडा कार्यालय वैठक भत्ता ६० हजार,नगर कार्यपालिका बैठक भत्ता ९० हजार ५२५,दैनिक भ्रमण भत्ताबाट ७५ हजार,विभिन्न कार्यालयका बैठक,गोष्टी,तालिमबाट प्राप्त १ लाख ७५ हजार गरि कुल ११ लाख ५२ हजार ५२५ नगद आफुले प्राप्त गरेको र सो रकमबाट आफुले छायाँनाथ रारा नगरपालिका वडा नं १ देखि १४ का विभिन्न बस्तिमा रहेका असाय,गरिव,दलित,विपन्न व्यक्ति तथा परिवारहरुलाई विभिन्न राहत सामान सहयोग गरेको वडा अध्यक्ष विष्णु कुमार भामले बताउनु भयो ।व्यक्ति तथा घर परिवारलाई मात्र नभएर अध्यक्ष भामले आफलेु पाएको सेवा सुविधाबाट विभिन्न खोलाहरुमा काठेपुल,सार्वजनिक शौचालय,विद्यालयहरुलाई शैक्षिक सामगी्र,बाटो,धाराहरु पनि निमार्ण गर्नु भएको छ ।

७५३ वटा स्थानिय तहहरुमा कार्यरत जनप्रतिनिधीहरु मध्य सायद कान्छा जनप्रतिनिधी भामले आफुले पाएको सेवा सुविधा व्यक्तिगत लाभमा प्रयोग नगरेर सामाजिक काममा खर्च गर्दा नगरपालिका भित्रका २७२४ जना व्यक्ति प्रत्यक्ष र २० हजार भन्दा बढी जनता अप्रत्यक्ष लाभान्नित

व्यक्तिगत लाभमा प्रयोग नगरेर सामाजिक काममा खर्च गर्दा नगरपालिका भित्रका २७२४ जना व्यक्ति प्रत्यक्ष र २० हजार भन्दा बढी जनता अप्रत्यक्ष लाभान्नित भएका छन ।
कोरोना कहरको बेलामा नगरपालिकाले जिल्ला बाहिरबाट उद्घार गरि ल्याएका स्थानियहरु मध्य करिव १२ जनालाई अध्यक्ष भामले मिनरल वाटर र चाउचाउ उपलब्ध गराउनु भएको थियो भने विभिन्न बस्तिहरुमा पुगी स्वास्थ्य जनचेतना जगाउने र स्वास्थ्य सामगी्र वितरण गर्ने गर्नु भएको थियो ।
सर्धै जनताको काम र जनसेवामा व्यस्त रहने उहाँ आफनो वडामा हुने विकासी काममा समेत अन्य गाँउले संगसंगै आफै सरिक हुने गर्नुहुन्छ जस्को कारण सबैको सहभागीता र गुणात्मक काम हुने गरेको छ ।

सार्वजनिक कार्यक्रममा आफुले गरेका कामको सार्वजनिक गर्दै अध्यक्ष भामले आफु र आफनो परिवारलाई पालिन पुग्ने सम्पती बाबु बाजेले कमाई सकेकोले आफुमा धनी बन्ने,सम्पती कमाउन लोेभ लालच नभएको र वडा अध्यक्ष मात्र होईन पाटीले पत्याएमा भावी दिनमा आफुले कुनै लाभदायी अन्य पाउदा समेत राज्यबाट दिईने सेवा सुविधा सबै यसरी नै दिन दुखिको सेवामा खर्च गर्ने प्रतिवद्घता व्यक्त गर्नु भयो ।जिल्लामा रहेका ४५ वडा ४ स्थानिय तहहरुमा निर्वाचित जनप्रतिनिधीहरु मध्य आफनो पाटीबाट निर्वाचित वडा अध्यक्ष भाम पृथक भएको नेपालि काँगे्रस मुगुका सचिव लोकेन्द्र बहादुर मल्लले बताउनु भयो ।

उहाँले भन्नुभयो काँगे्रसबाट निर्वाचित जनप्रतिनिधीले गरेको यो उदाहरणिय कामले आफुहरुको शिर ठाडो भएको र अन्य नेता ,कार्यकर्ता तथा जनप्रतिनिधीहरुले पनि राजनितीलाई जनसेवाको रुपमा लिन विष्णु कुमार भामबाट प्रेरित हुनु पर्ने पनि बताउनु भयो ।६० महिने कार्यकाल मध्य ३१ महिनाको प्राप्त सेवा सुविधाको रकमबाट यो अवधीमा ५० वटा सामाजिक सेवाका काममा खर्च गरेको र बाकी २९ महिनाको सेवा सुविधा पाए पनि यस्तै जनमुखि काममा खर्च गर्ने सार्वजनिक कार्यक्रममा बताउनु भयो ।कार्यक्रममा द्रिष्टि विहिन,असाय कल्से नेपालिले भन्नुभयो जस्तो नाम उस्तै काम आफुहरुले भगवान विष्णु पायौ उहाँले देउडा गित मार्फत भने
दुई छोरी छन एक जोईछ म आँखा देख्दैन
दिन दुखिका विसनु आया,अरु कोई देख्दैन