बलिउड अभिनेता सलमान खान आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छन् । सलमान खानको अफेयर ऐश्वर्या रायदेखि कट्रिना कैफजस्ता अभिनेत्रीसँग थियो । तर सलमान खानको सम्बन्ध कसैसँग पनि टिक्न सकेन । त्यसैले सलमान अझै अबिबाहित नै रहेका छन् । सलमानको विवाहलाई लिएर सधैं प्रश्न उठ्ने गर्छ । तर उनले हरेक पटक बिहे नगर्ने भन्दै टार्छन् ।
तर कमैलाई थाहा छ कि एक समय थियो जब सलमान बलिउड अभिनेत्री जुही चावलासँग विवाह गर्न चाहन्थे। त्यसबेला सलमान खानले जुहीसँग केही फिल्ममा पनि काम गरेका थिए । जुहीलाई लिएर सलमान खान यति गम्भीर भएका थिए कि जुहीका बुवासँग हात माग्न पनि पुगेका थिए । यसपछि जुही चावलाका बुबाको यस्तो प्रतिक्रिया आयो, जुन देखेर सलमान खान पनि छक्क परे । सलमान खान र जुही चावलाले धेरै फिल्ममा सँगै काम गरेका थिए ।
तर, धेरैजसो फिल्ममा सलमान क्यामियो रोलमा मात्रै थिए । यद्यपि सलमानले जुहीलाई निकै मन पराउन थालेका थिए । एक अन्तर्वार्तामा सलमानले जुही चावलाको बारेमा कुराकानी गरेका थिए । जसमा उनले जुही चावलाको बुवासँग हात माग्न कसरी पुगेका थिए भन्ने पनि खुलासा गरेका छन् । त्यसपछि उनले सोचेको पनि थिएन, यस्तो भयो ।सलमान खानले आफ्नो एक अन्तर्वार्तामा भनेका थिए कि जुही चावला निकै मिठो र प्यारी केटी हुन् ।
एक पटक उनले जुही चावलाका बुवालाई जुहीसँग बिहे गर्ने कि भनेर सोधेका थिए । जसमा जुहीका बुवाले यो कुराको खण्डन गरेका थिए । सलमानले जुहीका बुबालाई आफु मन नपरेको हुनसक्ने बताएका थिए । जुही चावलाको नाम बलिउडको सबैभन्दा सुन्दर र शीर्ष अभिनेत्रीमा पर्छ। यद्यपि उनको सम्पूर्ण करियरमा उनको नाम कुनै पनि अभिनेतासँग जोडिएको थिएन।
जुही चावलाले व्यापारी जय मेहतासँग विवाह गरिन् । जय मेहताको विवाह जुही भन्दा पहिले भएको थियो । तर उनकी श्रीमतीले विमान दुर्घटनामा यो संसार छोडेकी थिईन् । यसपछि राकेश रोशनले जुही चावलालाई जय मेहतासँग भेट्न लगाए। दुवै एकअर्काका असल साथी बने र त्यसपछि दुवैले विवाह गर्ने निर्णय गरेका थिए ।