काठमाडौं २२ फागुन । नेकपा९एमाले०का सांसद भीम रावल आफ्नै पार्टी प्रति अशन्तुष्ट बनेका छन् । निरन्तर रुपमा संसद अवरोध गर्नु गैरजिम्मेवार काम बताएका उनले यसले जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताएका छन् ।
आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै नेता रावलले संसद अवरोधले देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका अलपत्र पारिएको भन्दै देशलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको आशंका समेत व्यक्त गरेका छन् ।
‘यो त नेपाली जनताको जुन सार्वभौम अधिकार माथिको खेलवाड हो । र यो एकदम अत्यन्त गैरजिम्मेवार काम हो । किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रतिनिधि मार्फत् राष्ट्रको स्वाधिनता, स्वतन्त्रता, जनताको जिविका जस्ता महत्वपूर्ण विषयमा छलफल होला, त्यसले निकास देला भनेर उनीहरुले अपेक्षा गरेका हुन्छन् र संसद भनेको देशमा उत्पन्न समस्याहरुको निकास दिने महत्वपूर्ण थलो हो ।’ उनले भने ।